८ चैत्र, बाँके । बाँकेका किसानहरुले उत्पादन गरेको काउली तथा बन्दाले उचित मुल्य पाएको छैन । काउलीको उत्पादन धेरै भएपछि मुल्य सस्तीएको बाँके जिल्लाका किसानले लगानि उठाउन समेत मुस्किल परेको गुनासो गरेका छन ।
सरकारी अनुदान प्राप्त गरेका किसानले त केहि राहत मिलेको जस्तो गरेपनि अधिकाश किसानहरुभने मर्कामा परेका छन । काउली उत्पादन गर्दा लगानी धेरै लागेको तर उक्त लगानी उत्पादन पछि पनि उठाउन नसकिएको पिडित किसानहरुले बताएका छन । जानकी गाउँपालिका ३ पासिनपुरका टिका खड्काले १० कठ्ठा क्षेत्रफलमा लगाएको काउलीबाट ३० कुईन्टल विक्रि गरेपनि लगानी उठाउन मुस्किल परेको बताएका छन् । कृषक टिकाले थोक मुल्य ८ रुपैया किलोमा विक्रि गर्नुपरेकोले लागेको लगानी पनि नउठेको गुनासो गरे।
काउली खेती गर्दा सबै लगानी आफुले लगाउन परेको र उत्पादन दिदाँ सस्तोमा व्यापारीले भनेको मुल्यमा विक्रि गर्न बाध्य भएको कृषक खड्काले बताए। उनले किसानले उत्पादन गरेको उत्पादित बस्तुको उचित मुल्य पाउन सरकारले पनि ध्यान दिन आवश्यक रहेको बताए। कृषक खड्काले लगाएको काउलीमा नाफा नभएपनि उनले हिम्मत भने हारेका छैनन् । काउली पछि उनले मकै र बोडि लगाउन थालेका छन् ।
नेपालगन्ज परसपुर काउली पकेटका रुपमा बर्षौ देखि चिनिदै आएको स्थान हो । त्यहाका किसानहरुले काउलीमा नाफा नहुने देखेपछि क्षेत्रफल घटाउदै लगेका छन । अगुवा किसान समर सिंहका अनुसार यहाँका काउली तयार भएको बेला भारतबाट सस्तो मुल्यमा भित्रिदा नेपालका किसानले उत्पादन गरेको तरकारीले मुल्य नपाउने जसका कारण बर्षेनि घाटा बेहोर्न परिरहेको बताए । पुरैनाका कृषक अतिउल्ला बागवानले लगायको बन्दाले मूल्य नपायपछी खेतमै कुहिन लागेको बताए।
यी त प्रतिनिधि मुलक किसानका गुनासा मात्र हुन् बाँकेका सबैजसो स्थानका किसानका पिडा उस्तै रहेको छ । कति किसानले त उचित मूल्य नपायको भन्दै गाई बस्तुलाई काउली खुवाएका छन । बजार सम्म काउली पुगाउदा ५ रुपैया प्रतिकिलो पर्न थालेपछि पशुलाई खुवाउन थालियको स्वयम किसानहरु बताउछन ।
वि.सं.२०७७ चैत ८ आइतवार १३:२८ मा प्रकाशित





























