
८ चैत्र, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई स्पष्टिकरण दिएको छ । निफ्राले वण्ड जारी गर्ने बैंकको नेप्सेमा सुचीकृत हुनुभन्दा अघि देखिकै योजना रहेको जानकारी दिएको छ ।
निफ्राले ३० मिलियन डलरको बण्ड जारी गर्ने विषय बैंकको रणनिति भित्रकै एक हिस्सा रहेको स्पष्ट पारेको छ । बैंकले आफ्नो वार्षिक प्रतिवेदन र साधारण शेयर निष्कासनको लागि तयार गरिएको विवरण पत्रमा समेत यस अघिनै उक्त विषय खुलस्त पारिएको समेत बताएको छ ।
नेप्सेमा बैंकको शेयर सूचीकृत हुनु अगाबै बण्ड जारी गर्न प्रचलित व्यवस्था बमोजिम बैंकले सम्बन्धित नियमनकारी निकायबाट लिनुपर्ने स्वीकृति लिईसकेको समेत बैंकले प्रष्ट पारेको छ ।
यसैगरी, लाभांशको सम्बन्धमा पनि बैंकले शेयर जारी गर्ने समयमानै प्रकाशित गरेको विवरणपत्रमा चालु आर्थिक वर्षमा ८ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण रहेको जानकारी बैंकले जनाएको छ ।
बैंकले प्रकाशन गरेको सुचना यस्तो छ :