back
CTIZAN AD

निफ्राले नेप्सेलाई दियो यस्तो जवाफ

वि.सं.२०७७ चैत ८ आइतवार

678 

shares

८ चैत्र, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई स्पष्टिकरण दिएको छ । निफ्राले वण्ड जारी गर्ने बैंकको नेप्सेमा सुचीकृत हुनुभन्दा अघि देखिकै योजना रहेको जानकारी दिएको छ ।

निफ्राले ३० मिलियन डलरको बण्ड जारी गर्ने विषय बैंकको रणनिति भित्रकै एक हिस्सा रहेको स्पष्ट पारेको छ । बैंकले आफ्नो वार्षिक प्रतिवेदन र साधारण शेयर निष्कासनको लागि तयार गरिएको विवरण पत्रमा समेत यस अघिनै उक्त विषय खुलस्त पारिएको समेत बताएको छ ।

नेप्सेमा बैंकको शेयर सूचीकृत हुनु अगाबै बण्ड जारी गर्न प्रचलित व्यवस्था बमोजिम बैंकले सम्बन्धित नियमनकारी निकायबाट लिनुपर्ने स्वीकृति लिईसकेको समेत बैंकले प्रष्ट पारेको छ ।

यसैगरी, लाभांशको सम्बन्धमा पनि बैंकले शेयर जारी गर्ने समयमानै प्रकाशित गरेको विवरणपत्रमा चालु आर्थिक वर्षमा ८ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण रहेको जानकारी बैंकले जनाएको छ ।

बैंकले प्रकाशन गरेको सुचना यस्तो छ :

6056f11ca96a7.JPG

वि.सं.२०७७ चैत ८ आइतवार १३:२३ मा प्रकाशित

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच तल्लो...

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको वित्तीय...

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

काठमाडौँ । नविल बैंकको आर्थिक वर्ष २०८२/२०८३ को वित्तीय विवरण...

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप...

यस्तो छ बिहीबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ बिहीबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका (बिहीबार)का लागि विदेशी मुद्राको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...