
८ चैत्र, काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेको एकिकृत कारोबार शुरु भएको छ । एनआईसी एशियाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्तका अध्यक्ष लालमणी जोशीले संयुक्त रुपमा एकिकृत कारोबारको शुभारम्भ गरे ।
मर्जरपछि संस्थाको पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० लाख पुगेको छ । अब एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुने जनाएको छ । कम्पनीको केन्द्रिय कार्यालय इटहरी उप–नगरपालिका वडा नं ९, सुनसरीमा रहने समेत संस्थाले जनाएको छ ।
दुवै कम्पनीको माघ ४ गते सम्पन्न भएको विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । कम्पनी रजिष्ट्रार कार्यालयले पनि फागुन २३ गते नै स्वीकृती प्रदान गरिसकेको छ ।
एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १५० शाखा संचालनमा रहेको छ । यसैगरी स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् ।
मर्जर पश्चात कुल शाखा संख्या २२३ शाखा कार्यालय पुगेको छ । मर्जर पश्चात संस्थाको पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० लाख पुग्नेछ भने संस्थाको कर्जा लगानी रु १५ अर्ब भन्दा माथि पुग्नेछ ।