back
CTIZAN AD

नेपाली विद्यार्थीहरुले बनाएको ‘आरम्भ र गरुड’ रकेटको परीक्षण (भिडियोसहित)

वि.सं.२०७७ चैत ८ आइतवार

990 

shares

८ चैत, काठमाडौं । नेपालका विभिन्न कलेजमा पढ्ने ३० जना इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको दुईवटा रकेटको परीक्षण गरिएको छ ।

नेपाली सेनाको सहकार्यमा शनिबार धनुषाको भिमानमा परीक्षण गरिएको उक्त ‘आरम्भ र गरुड’ रकेटको परीक्षण नेपालमै पहिलोपटक भएको बताइएको छ ।

रकेट परीक्षण पुर्णरुपमा सफल नभएपनि अर्को महिना पुनः परीक्षण गरिने बताइएको छ ।

रकेट परीक्षण गरिसकेपछि विद्यार्थी मध्येका कमल जिसीले खुसी व्यक्त गरेका छन् उनले यत्रो वर्षको मेहनत परिश्रमलाई अहिले बल्ल परीक्षण गर्न पाएकोमा निकै नै खुसी लागेको बताएका छन् ।

त्यस्तै रकेट ४ सय मिटर सम्म मात्र पुग्न सफल भएको तथा हावाको डाइरेक्सन र सिपीसिजी नमिलेर कारण पुर्ण सफल हुन नसकेको ओपन रकेरी एण्ड स्पेस सोसाइटीकी सदस्य अश्विनी खरेलले बताइन् ।

गरुण रकेट अमेरिकामा हुने विश्व विद्यालयस्तरीय प्रतिश्प्रर्धामा सहभागी गराइने बताइएको छ ।

महाविर पुनद्धारा खुसी व्यक्त
विद्यार्थीहरुद्धारा तयार गरिएको उक्त रकेटको परीक्षणमा नेपाली सेनाको सहयोगको राष्ट्रिय आविस्कार केन्द्रका प्रमुखडा. महाविर पुनले प्रसंसा गरेका छन् ।

उनले नेपाली सेना धन्यवादका पात्र भएको बताउँदै रकेट जस्तो संवेदनशील प्रविधिको परीक्षणमा सेनाको सहयोगकै कारण रकेटले जमिन छोड्न सफल भएको बताएका छन् ।

लौ सुन्नु होस् बिहानीको शुभ समाचार:
सम्मानीय प्रधान मन्त्री ज्यूले प्रधान सेनापति ज्यू मार्फत हिजो धनुषाको भिमानमा…

Posted by Mahabir Pun on Saturday, March 20, 2021

‘तर रकेट प्रबिधि बिकास र परीक्षण गर्न बिद्यार्थी भाई बहिनीहरुको प्रयासले मात्र पुग्दैन । उनीहरुलाई नेपालमा नै टिकाएर राख्न र यस्ता प्रविधिको विकास गर्न गराउन सरकारको तर्फबाट बिशेष पहल चाहिन्छ । त्यसो गरिएन भने हिजोका बिद्यार्थी भाईबहिनीहरु कलेजको पढाई सकिएको केहि समय पछि विदेश पलायन हुनेछन ।’

वि.सं.२०७७ चैत ८ आइतवार १६:३५ मा प्रकाशित

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...