back
CTIZAN AD

वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न श्रम मन्त्रालयको सूचना

वि.सं.२०७७ चैत १० मंगलवार

741 

shares

१० चैत्र, काठमाडौं । वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाले नवीकरणको लागि आवश्यक कागजात पेश गर्ने सम्बन्धी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना जारी गरेको छ ।

यस मन्त्रालयले गत मंसिर १९ गते मन्त्रालयको वेवसाइटमा प्रकाशित नवीकरणको लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना बमोजिम गत पौष १ गते देखि माघ १५ गते भित्र यस मन्त्रालय समक्ष नवीकरणको लागि निवेदन पेश गर्ने अधिकांश स्वास्थ्य संस्थाहरुले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन गर्ने सम्बन्धी सूचना जारी गरेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार निकायहरुबाट जारी भएका इजाजतपत्र र नवीकरण प्रमाणपत्रको प्रमाणित प्रतिलिपि यो सूचना प्रकाशन भएको मितिले ३५ दिन भित्र यस मन्त्रालय समक्ष पेश गर्नुपर्ने सूचना दिएको छ ।

वि.सं.२०७७ चैत १० मंगलवार १२:५७ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...