back
CTIZAN AD

कपिल सापकोटाको ‘सोच’को म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०७७ चैत १० मंगलवार

669 

shares

१० चैत, काठमाडौँ । गायक कपिल सापकोटाको एल्वम ‘म’भित्र सङ्ग्रृहीत गीत ‘सोच’को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । अस्ट्रेलियाको मेलबर्न शहरमा रहेर र्याप गायनमा सक्रिय तीन प्रतिभाशाली युवा गायक कपिल सापकोटा, सागर कुँवर र कपिल योगीको र्याप ‘सोच’मा सुन्न सकिन्छ । जीवन भोगाइ र समाजको यथार्थ र्यापमा प्रस्तुत गरिएको छ ।

मिस्ट चाम्लिङले सो र्याप गीतलाई मिक्सिङ एवं मास्टरिङ गरेका हुन् । अस्ट्रेलियामा नै छायाङ्कन गरिएको भिडियोमा तीनै जना गायक दृश्य छ । अनिश गौतमले भिडियोलाई सम्पादन र निर्माण गरेका हुन् । मेक मनी रेकर्डको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो । गीतलाई अन्य डिजिटल श्रव्य दृश्य माध्यमसमेतमा हेर्न र सुन्न सकिने जनाइएको छ ।

वि.सं.२०७७ चैत १० मंगलवार १३:०२ मा प्रकाशित

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...