back
CTIZAN AD

पर्वतको उद्योग वाणिज्यमा माओवादीका गोपि अधिकारीसहित प्रगतिशीलको वर्चश्व

वि.सं.२०७७ चैत १० मंगलवार

1.1K 

shares

१० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ पर्वतको अध्यक्षमा गोपि अधिकारी निर्वाचित भएका छन् ।

मंगलबार बिहान सकिएको मतगणनाको परिणाम अनुसार अधिकारीले निकटतम प्रतिद्धन्द्धी शिव शर्मा पौडेललाई ११९ मतले पराजित गरेका हुन् ।

प्राप्त मत परिणाम अनुसार निर्वाचित अध्यक्ष गोपि अधिकारीले १०१६ र प्रतिश्प्रधी पौडेलले ८९७ मत ल्याएका छन् भने महिला सदस्यमा निर्वाचित देवी अधिकारीले १०२६ र माया गिरीले ९१७ मत प्राप्त गरेका छन् ।

यसैगरी निर्वाचित सदस्य ठाकुर वि पौडेल १०३७, रमेश शर्मा लामिछाने ९७७, राजकुमार बस्नेत १००२, गणेश लामिछाने ९७५, कमल बहादुर जिसी ९५३, गणेश कुमार श्रेष्ठ ९४९, कृष्ण प्रसाद श्रेष्ठ ९३४, कृष्ण प्रसाद शर्मा (पोल्ट्री) ९२८, मिन प्रसाद शर्मा ९२६, प्रदीप तिमिल्सिना ९१४, मानसिंह भण्डारी ९०५, नारायण केसी ९०४, शेर बहादुर चोचांगी ९०४, राजन गुरुङ ९०२, कृष्ण प्रशाद शर्मा ८९९, रामु शर्मा ८९३, दिपेन्द्र गिरी ८९३ सहित विनोद आचार्य, नारायण पौडेल र कमल लामिछाने विजयी भएका छन् ।

पर्वत उद्योग वाणिज्य संघको अध्यक्ष निर्वाचित गोपि अधिकारी नेकपा (माओवादी केन्द्र) निकट उद्योग व्यापार संगठनको गण्डकी प्रदेश अध्यक्ष समेत हुन् । व्यवसायीहरुको यो निर्वाचनमा वामपन्थी गठबन्धनको बाहुल्यता देखिएको छ ।

मत गणना पछाडि संघीय सांसद पदम गिरी, माओवादी नेताहरु गुप्त हमाल, सुदीप कुँवर र शंकर गिरी लगायतले बधाई सन्देश प्रवाह गरेका छन् ।
अध्यक्षमा निर्वाचित अधिकारीले सेवा गर्ने मौका प्रदान गरेकोमा सबैमा धन्यवाद व्यक्त गरेका छन् ।

वि.सं.२०७७ चैत १० मंगलवार १३:०५ मा प्रकाशित

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ फार्म समर्थन...

सुनसरीमा पुनः अनिश्चितकालीन कर्फ्यु

सुनसरीमा पुनः अनिश्चितकालीन कर्फ्यु

विराटनगर, । सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्जमा भएको घटनापछि उत्पन्न विवाद...

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको...

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

वीरगञ्ज । विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको...

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम । भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...