back
CTIZAN AD

बैंक अफ काठमाण्डूको लिलामी सेयर बाँडफाँड

वि.सं.२०७७ चैत ११ बुधवार

540 

shares

११ चैत्र, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त र छिमेक लघुवित्तको संस्थापक शेयर विक्री पश्चात बाँडफाँट गरेको छ । बैंकले माघ २७ गतेदेखि चैत ३ गतेसम्म यी दुई कम्पनीको संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री खुला गरी चैत १० गते बाँडफाँट गरेको हो ।

आरएमडिसी लघुवित्तको १ लाख ५० हजार कित्ता र छिमेक लघुवित्तको ७ लाख कित्ता शेयर बैंकले लिलामी प्रकृयाबाट विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुमध्य बढी रकम अंकित गर्नेलाई बैंकले छिमेक लघुवित्तको ९४ हजार ११० कित्ता र आरएमडिसी लघुवित्तको ५२० कित्ता शेयर बाँडफाँट गरेको जानकारी दिएको छ ।

आरएमडीसी लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयरमा रितपूर्वक आवेदन दिने आवेदकलाई प्रशोधन गर्दा ५ सय ५० दरसम्म लगानी गर्ने आवेदकलाई माग गरे बमोजिम र छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको ६०१.७५ रूपैयाँदेखि ८५१ दरसम्म लगानी गर्ने बोलपत्रदाताहरूलाई माग गरे बमोजिम नै सेयर बाँडफाँड गरिएको बैंकले जनाएको छ ।

त्यसैगरी, बैंकले बाँडफाँडमा नपरेको सेयर बापतको रकम चैत्र १२ गतेदेखि आवेदकहरुले फारममा उल्लेख गरेका बैंक खातामा पठाउने बैंकले जनाएको छ । बैंकको निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गरेको थियो ।

वि.सं.२०७७ चैत ११ बुधवार १४:२७ मा प्रकाशित

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...