back
CTIZAN AD

४० वर्षपछि नेपाली फर्किएका दुर्गा प्रसादले पाए चारदिनमै नागरिकता

वि.सं.२०७७ चैत १२ बिहीवार

909 

shares

१२ चैत, काठमाडौं । भारतमा ४० वर्ष जेल जीवन विताएर फर्किएका इलामका दुर्गा प्रसाद तिम्सिना (दीपक जैसी) ले नागरिकता पाएका छन् ।

आइतबार भारतमा ४० वर्षे जेल जीवन बिताएर नेपाल फर्काइएका तिम्सिनालाई जिल्ला प्रशासन कार्यालय इलामले नागरिकता प्रदान गरेको हो ।

तिम्सिनाको परिवारले चासो देखाएपछि त्यहाँका जनप्रतिनिधिको पहलमा जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ झरेन्द्र प्रसाद चापागाईँ र देवी चरण फुयाँलले तिम्सिनालाई नागरिकता प्रदान गरेका हुन् । नागरिकता पाएपछि उनले मुस्कुराउँदै खुसी व्यक्त गरेका थिए ।

भारतको पश्चिम बंगालस्थिगत दमदम करेक्सनल सेन्ट्रल जेलमा रहेका तिम्सिना कोलकोत्ता उच्च अदालतको आदेशमा गत शनिबार छुटेका थिए । मानसिक रुपमा कमजोर रहेका उनी अहिले पनि राम्रोसँग बोल्न र जवाफ दिन भने सक्तैनन् ।

No photo description available.

दार्जिलिङमा चलेको गोर्खाल्याण्ड आन्दोलनका क्रममा जेलमा रहेका उनको पहिचान खुल्ने सबै कागजात जलेको थियो । प्रहरीको यातनाले शारीरिक र मानसिक अवस्था कमजोर रहेका उनलाई २००५ मा दार्जिलिङ अलिपुरद्धारा जेलबाट कोलकोताको दम दम सेन्ट्रल जेलमा सारिएको थियो ।

जेलमै रहेका उनलाई ४० वर्षपछि काकाका छोरा प्रकाशचन्द्रको पहलमा आइतबार उद्धार गरेर इलामस्थित घरमा पुर्याइएको थियो । तस्बिरः सत्येन्द्र जवेगु

वि.सं.२०७७ चैत १२ बिहीवार १३:१९ मा प्रकाशित

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

मलेखु (धादिङ) । धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह...

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

गाईघाट (उदयपुर) । जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...