back
CTIZAN AD

कक्षा ११ को गुणस्तर कायम राख्न चुनौतीपूर्ण

वि.सं.२०७७ चैत १२ बिहीवार

732 

shares

१२ चैत्र, काठमाडौँ । कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा गर्ने जिम्मेवारी सम्बद्ध विद्यालयलाई नै दिइएपछि त्यसको गुणस्तर कायम राख्न चुनौतीपूर्ण हुने देखिएको छ ।

यसअघि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन, नतिजा प्रकाशन गर्ने गरेकोमा यस वर्षबाट विद्यालयमा जिम्मेवारी आइपुगेपछि त्यसलाई विद्यालयहरूले कसरी सदुपयोग गर्न सक्नेछन् भन्नेमा सरोकारवालाले चासो लिएको पाइएको छ । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हरेम्ब कँडेल कक्षा ११ को सबै खालको मूल्याङ्कन विद्यालयलाई दिनु सकारात्मक भएको तर केही वर्ष यसको व्यवस्थापन गर्न विद्यालयहरूले मेहनत गर्नुपर्ने बताए।

विद्यार्थीको नियमितता, अनुशासन, परियोजना कार्य, परीक्षाको व्यवस्थापनमा ध्यान दिनुपर्ने उनी बताउँछन्। यसका साथै विद्यालयले परीक्षा लिने भएपछि नपढे पनि पास भइन्छ भन्ने मानसिकता विद्यार्थीमा बढ्दै गएको र यसले अल्छिपन बढाउन सक्ने खतरा उनले औँल्याए। यसबाट विद्यार्थीलाई माथिल्लो तहको पठनपाठनमा समस्या पर्ने उनी बताउँछन् ।

राजधानीको जनपथ माध्यमिक विद्यालयका प्रधानाध्यापक जितबहादुर लामिछानेले विद्यालयलाई नै यसको जिम्मेवारी दिएपछि कसरी गुणस्तर कायम गर्न सकिन्छ भन्नेमा चिन्ता बढेको बताए। खासगरी विद्यालयमै अन्तिम परीक्षा सञ्चालन गर्नुभन्दा केही विद्यालयले साझा रूपमा परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्ने की भन्ने विषयमा प्रअहरूसितसमेत छलफल भइरहेको जानकारी उनले दिए।

कक्षा ११ को पठनपाठन र परीक्षा बिग्रेको अवस्थामा त्यसको सीधै असर कक्षा १२ मा पर्ने भएकाले त्यसमा चनाखो हुनुपर्ने आवश्यकता औँल्याइएको छ । यसपटक सरकारले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरेको छ । यसैपटकबाट कक्षा ११ मा तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक गरी छवटा विषयको पठनपाठन सञ्चालन गर्न सुरु गरिएको छ ।

नयाँ पाठ्यक्रम लागू भएकै अवस्थामा गत महिनाबाट अनिवार्य विषयमा समेत हेरफेर गरिएको छ । सामाजिक अनिवार्य विषय कायम गरिएकोमा त्यसको सट्टा गणित पढ्न सक्ने सुविधा विद्यार्थीलाई दिइएको छ । यसपटक विषय परिवर्तनको समस्याले पनि केही अलमलमा पारेको सम्बद्ध सरोकारवालाहरूको भनाइ छ ।

नेपालटारस्थित एनआर कलेजका क्याम्पस प्रमुख राजिप धिताल कक्षा ११ मा विद्यार्थीको गुणस्तर कायम गर्न विद्यार्थी आफैँले मेहनत गर्नुपर्ने बताए। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले सरकारले कक्षा ११ का विद्यार्थीको मूल्याङ्कनको सबै जिम्मेवारी विद्यालयलाई नै दिने निर्णय गरेको स्पष्ट गर्दै अब त्यसको गुणस्तर कायम गर्ने चुनौती थपिएको बताए। विद्यालयका प्रधानाध्यापक, शिक्षक, जिम्मेवार हुने हो भने परीक्षा मर्यादित रूपमा सञ्चालन गर्न सकिने विश्वास उनले व्यक्त गरे। विद्यालयले जे गरे पनि हुन्छ भन्ने मान्यता हटाए कक्षा ११ को परीक्षाको गुणस्तर कायम राख्न सकिने उनको भनाइ छ ।

वि.सं.२०७७ चैत १२ बिहीवार १३:१८ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...