back
CTIZAN AD

गाईभैँसीको उपचारका लागि घरदैलो कार्यक्रम सञ्चालन

वि.सं.२०७७ चैत १२ बिहीवार

756 

shares

१२ चैत, झिमरुक । कृषि तथा पशुपक्षी विकास कार्यालय प्युठानले गाईभैँसीको उपचारका लागि ‘डोर टु डोर’कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रदेश सरकारको कार्यक्रमानुसार गत फागुन २४ गतेदेखि जिल्लामा सो कार्यक्रम शुरु गरिएको हो ।

जिल्लाका व्यवसायिक रुपमा गाईभैँसीपालन र डेरी करिडोर क्षेत्रमा घरदैलो सेवा सञ्चालन गरिएको कार्यालयका पशु विकास अधिकृत डा हरिनारायण थारुले जानकारी दिए ।

दूधालु गाईभैँसीमा प्रजनन विकृति निवारणका लागि कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । पहिलो चरणमा प्युठान नगरपालिकाका २१ गाईभैँसीको उपचार गरिएको छ ।

“एक पटकमा समस्याग्रस्त २० गोठमा जाने योजनानुसार कार्यक्रम सञ्चालन गरेका छौँ”, उनले भने, “पहिलो चरण सकायौँ, अबको हप्ता १० दिनमा दोस्रो चरण शुरु गर्छौँ ।” पहिलो चरणमा प्युठान नगरपालिकामा गाईभैँसीको उपचार गरे पनि दोस्रो चरणमा अन्य क्षेत्रमा जाने उनले बताए ।

गाईभैँसीको बाँझोपन, जुका, माटे, खनिजतत्व कमीबारे उपचार गरी पशुको प्रजनन स्वास्थ्य बढाउने लक्ष्य कार्यक्रम रहेको पशु विकास अधिकृत थारुले बताए । पशुको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि किसानलाई कार्यालयले निःशुल्क उपलब्ध गराउने गरेको छ ।

एक गाईभैँसीलाई उपचारका लागि व्यवस्थापकीय खर्चसहित रु १० हजार खर्च हुने बताइएको छ । “गाईभैँसीमा बाँझोपन भयो भने प्रजनन नहुने र दूध उत्पादन पनि नहुने हुन्छ”, उलने भने, “उपचारपश्चात् प्रजनन हुने र दूध उत्पादन पनि हुनेछ ।”

कृषि कार्यालयले कार्यक्रम सञ्चालन गरेपछि किसान खुशी भएका छन् । कार्यालयबाट घरमै पुगेर सो सेवा दिनु राम्रो भएको प्युठान– ९ मरन्ठानाका किसान बोमबहादुर भण्डारीले बताए । आफूले पालेको एउटा गाईमा प्रजनन नहुने समस्या रहेको र कार्यालयबाट उपचारसँगै निःशुल्क औषधि पाएको उनले बताए । प्रत्येक वर्ष एक पटक यस्ता कार्यक्रम गरेमा किसान लाभान्वित हुने उनले बताए । कार्यालयका अनुसार जिल्लामा १३ हजार ४६१ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । अझै सात हजार २५४ मेटन दूध जिल्लाका लागि अपुग छ ।
रासस

वि.सं.२०७७ चैत १२ बिहीवार १५:१८ मा प्रकाशित

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

घोराही (दाङ) । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी...

सत्तरी वर्षमा नागरिकता पाइन् राममायाले

सत्तरी वर्षमा नागरिकता पाइन् राममायाले

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममायाँ खत्रीले ७० वर्षको...

वीरगञ्ज महानगरका प्रमुख सिंह लुकेर बसेको अवस्थामा पक्राउ

वीरगञ्ज महानगरका प्रमुख सिंह लुकेर बसेको अवस्थामा पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको...

सहज बन्दै बुटवल–नारायणगढ सडक यात्रा

सहज बन्दै बुटवल–नारायणगढ सडक यात्रा

सिद्धार्थनगर (भैरहवा) । वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्ताको...

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...