१२ चैत, काठमाडौँ । साताको अन्तिम दिन सेयर बजार नेप्से २१ दशमलब २९ अकंले घटेर २५४८ दशमलब ९६ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ५ दशमलब ६४ अकंले घटेर ४५० दशमलब ३१ अकंमा पुगेको छ ।
सेयर बजारमा गिरावट आएसँगै होटल्स/पयर्टन, व्यापार र लगानी श्रेत्रका बाहेक सबै कम्पनीको सूचक ओरालो लागेको छ ।
आज कुल सूचिकृतमध्य २०८ कम्पनीको ६ अर्ब ४० करोड २१ लाख ४ हजार २४७ रुपैंया बराबरको १ करोड २३ लाख ७३ हजार ५३८ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ७३ हजार ५ सय ४ पटक लेनदेन भएको हो ।
कारोबार रकमको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अपर तामाकोशी, सिद्धार्थ इन्स्योरेन्स, नेपाल बंङ्गलादेश बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बङ्गलादेश बैंक, एचआईडिसीएल, अपर तामाकोशी लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज सेयर बजारमा दोहोरो अकंले गिरावट आउदाँ पनि चन्द्रागिरी हिल्सको सेयरमुल्य भने १० प्रतिशतले बढेर २०७९ पुगेको छ । त्यसैगरी सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले ९.९७ प्रतिशत, वोमी लघुवित्का लगानीकर्ताले ९.९४ प्रतिशत, सिद्धार्थ इन्स्योरेन्सका लगानीकर्ताले ७.८२ प्रतिशतले कमाएका छन ।
आज सबै भन्दा धेरै गुमाउनेमा भने नेपाल बंङगलादेशका लगानीकर्ताहरु रहेका छन । उनीहरुले आज ६.१४ प्रतिशतले गुमाएका छन ।
आज भएको कारोबारमा ३७ कम्पनी लागनीकर्ताले कमाउदाँ १२९ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने १२ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन
वि.सं.२०७७ चैत १२ बिहीवार १५:१७ मा प्रकाशित


























