
१२ चैत, काठमाडौं । विस्तराबाटै गायव पारिएका महोत्तरीका झा दम्पत्तीको शब गाडिएको अवस्थामा फेला परेको छ ।
महोत्तरीको पिपरा गाउँपालिका ५ सहोडवाका मुसाफिर झा र उनकी पत्नी गीतादेवि झाको शब विहिबार त्रिपुरा गाउँपालिका २ मा गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले संसारन्युजलाई जानकारी दिएका छन् ।
‘परिवारले सनाखत गरेको छ । शब सडिसकेको अवस्थामा रहेकोले उनीहरुको कपडाको आधारमा पहिचान गरिएको हो ।’ एसपी आचार्यले भने ।
६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ५८ वर्षीया गीतादेवी झालाई फागुन ११ गतेका दिन ओछ्यानबाटै बेपत्ता पारिएको थियो ।
उनीहरुलाई वेपत्ता पारेको अभियोगमा झाका छिमेकी रामबाबु यादव, उनका जेठा छोरा सुरेन्द्र यादव र कान्छा छोरा राजेन्द्र यादव तथा भारतीय नागरिक बिहार मधुवनीका हरेन्द्र ठाकुरलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । जाग्गा कारोबारी रहेका उनीहरुले जग्गाको विषयलाई लिएर झा दम्पत्तीलाई बेपत्ता बनाइ हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
अनुसन्धानकै क्रममा क्रममा बुधबार झा दम्पत्तीको शब गाडिएको अवस्थामा फेला परेको हो । गत फागुन ११ गते बेपत्ता पारिएका उनीहरुको एकमहिनापछि गाडिएको अवस्थामा शब फेला परेको हो । file photo