back
CTIZAN AD

विस्तराबाटै बेपत्ता पारिएका झा दम्पत्तीको गाडिएको अवस्थामा शब फेला पर्यो

वि.सं.२०७७ चैत १२ बिहीवार

699 

shares

१२ चैत, काठमाडौं । विस्तराबाटै गायव पारिएका महोत्तरीका झा दम्पत्तीको शब गाडिएको अवस्थामा फेला परेको छ ।

महोत्तरीको पिपरा गाउँपालिका ५ सहोडवाका मुसाफिर झा र उनकी पत्नी गीतादेवि झाको शब विहिबार त्रिपुरा गाउँपालिका २ मा गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले संसारन्युजलाई जानकारी दिएका छन् ।

‘परिवारले सनाखत गरेको छ । शब सडिसकेको अवस्थामा रहेकोले उनीहरुको कपडाको आधारमा पहिचान गरिएको हो ।’ एसपी आचार्यले भने ।

६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ५८ वर्षीया गीतादेवी झालाई फागुन ११ गतेका दिन ओछ्यानबाटै बेपत्ता पारिएको थियो ।

उनीहरुलाई वेपत्ता पारेको अभियोगमा झाका छिमेकी रामबाबु यादव, उनका जेठा छोरा सुरेन्द्र यादव र कान्छा छोरा राजेन्द्र यादव तथा भारतीय नागरिक बिहार मधुवनीका हरेन्द्र ठाकुरलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । जाग्गा कारोबारी रहेका उनीहरुले जग्गाको विषयलाई लिएर झा दम्पत्तीलाई बेपत्ता बनाइ हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

अनुसन्धानकै क्रममा क्रममा बुधबार झा दम्पत्तीको शब गाडिएको अवस्थामा फेला परेको हो । गत फागुन ११ गते बेपत्ता पारिएका उनीहरुको एकमहिनापछि गाडिएको अवस्थामा शब फेला परेको हो । file photo

वि.सं.२०७७ चैत १२ बिहीवार १५:१३ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार

म्याग्दी (बेनी) । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) मा उत्कृष्ट हुने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...