१२ चैत्र, रुकुम । रुकुम पश्चिममा लोडर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।सानीभेरी गाउँपालिका ९ को सुलिहालेमा लोडर पल्टिदा कैलाली गोदावरी नगरपालिका वडा नं ४ का २२ वर्षका सन्तोष बुढामगर रहेको ज्यान गएको हो ।
दिवा चन्दा एण्ड बसन्त जेभीले निर्माणा गरि रहेको मध्यपहाडी लोकमार्ग अन्तर्गतको हासिबाङ चौरजहारी सडक खण्डको निर्माण कार्यमा प्रयोग भैरहेको बा २ क ९८८३ नम्बरको लोडर भिरालो ठाउँमा खाना खाने क्रममा दुर्घटना भएको हो ।
रोकिराखेको समयमा सहचालक सन्तोष बुढामगरले स्टार्ट गर्न लाग्दा एक्कारी गुडेर करिब ५० मिटर तल सानीभेरी नदिमा उल्टो अवस्थामा परेपछि च्याप्पिएर उनको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रबक्ता कपिल शाहीले जानकारी दिएका छ्न।