१३ चैत्र, काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको १३ औँ वार्षिक साधारण सभा आज, शुत्रबार हुदैँछ । उक्त सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ ।
सभाले कम्पनीका सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट प्रतिसेयर ४० रुपैयाँका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै यसअघि नै साधारण सेयरधनीहरुका तर्फबाट सञ्चालकमा निर्वाचित भइसकेका अम्बिकाप्रसाद पौडेलको नियुक्तिलाई सभाले अनुमोदन गर्ने छ।
यसका साथै, सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।
यसैगरि, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २८ गतेदेखि चैत १३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो। त्यसैले, फागुन २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र आजको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
वि.सं.२०७७ चैत १३ शुक्रवार १०:२६ मा प्रकाशित






























