
१३ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को माधव नेपाल–झलनाथ खनाल समूहको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ ।
शुक्रबार बिहान ११ बजे कलंकीको एक पार्टी प्यालेसमा बस्ने भनिएको उक्त बैठकले पार्टीको विधान अनुसार अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको बैठक बोलाउन अनुरोध गर्ने विषयमा छलफल तथा निर्णय गर्ने बताइएको छ ।
यसअघि विहीबार अध्यक्ष ओलीले नेपाल लगायतका नेताहरुसँग मागेको स्पष्टीकरणको नेता नेपालले १३ बुँदेमा जवाफ दिएका थिए ।
सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँताइदिएपछि पार्टीमै रहेर ओलीविरुद्ध संघर्ष गर्ने भन्दै खनाल–नेपाल समूह एमालेमै फर्किएका थिए ।