back
CTIZAN AD

नेपाल समूहका सांसदहरु संसदीय दलको बैठकमा जाने

वि.सं.२०७७ चैत १३ शुक्रवार

609 

shares

१३ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको माधव–झलनाथ समुहका सांसदहरु पार्टीको संसदीय बैठकमा भाग लिने भएका छन् ।

शुक्रबार कलंकीको मेगा पार्टी प्यालेसमा बसेको उक्त समूहको बैठकले संसदीय दलको बैठकमा नेता झलनाथ खनालको नेतृत्वमा सहभागी हुने निर्णय गरेको बताइएको छ ।

बैठकमा पछिल्लो परिस्थितिका बारेमा नेता नेपाल र सुरेन्द्र पाण्डेले ब्रिफिङ गरेका थिए । साथै अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको बारेमा र ओलीले चाल्न सक्ने आगामी कदमपछि कस्तो रणनीति चाल्ने भन्ने बारेमा जानकारी गराएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।

पार्टीभित्रै रहेर संघर्ष गर्ने समूहको निर्णय अनुसार सांसदहरुले बैठकमा भाग लिएर आफ्ना कुरा राख्ने बैठकपछि नेता रघुजी पन्तले बताएका छन् ।  त्यस्तै बैठकले पार्टी एकताको पक्षमा उभिने  निष्कर्ष पनि निकालेको छ ।

अध्यक्ष ओलीले दिउँसो तीनबजेका लागि संसदीय दलको बैठक डाकेका छन् । उक्त बैठकमा नेता नेपाल र भिम रावल भने सहभागी नहुने बताइएको छ ।

वि.सं.२०७७ चैत १३ शुक्रवार १४:५९ मा प्रकाशित

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...