back
CTIZAN AD

अप्टिकल फाइबर काटिँदा दुई जिल्लाको सेवा बन्द

वि.सं.२०७७ चैत १३ शुक्रवार

567 

shares

१३ चैत्र,बैतडी । अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलामा चार दिनदेखि नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्ध छ । बैतडीको पाटन र खोड्पेको बीचमा अप्टिकल फाइबर काटिएकाले सेवा अवरुद्ध भएको हो ।

सोमबार उक्त क्षेत्रमा अप्टिकल फाइबर काटिएको टेलिकम बैतडीले जनाएको छ । तीन दिनदेखि जिएसएम मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा दुवै जिल्लाका हजारौँ ग्राहक मारमा परेका हुन् । फोेन सेवा अवरुद्ध हुँदा सञ्चारविहीन हुनुपरेको दशरथचन्द नगरपालिका–५ का खेमराज भट्टले बताए ।

काटिएको अप्टिकल फाइबर मर्मत जारी रहेको टेलिकम बैतडीका प्रमुख सुरेन्द्र कार्कीले जानकारी दिए । उनले भने, “एक ठाउँको मर्मत गरिसकेका छौँ, अर्को ठाउँको अप्टिकल फाइबर मर्मतको काम जारी छ ।” रासस

वि.सं.२०७७ चैत १३ शुक्रवार १५:०७ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...