back
CTIZAN AD

आईपिएलबाट बाहिरिए दिल्लीका कप्तान श्रेयस अय्यर, को बन्ला त टिमकाे नयाँ कप्तान ?

वि.सं.२०७७ चैत १३ शुक्रवार

639 

shares

१३ चैत, काठमाडौँ । २०२१ को आईपिएल अघि दिल्ली क्यापिट्ल्सको टिमलाई ठुलो झट्का लागेको छ । टिमका कप्तान श्रेयस अय्यर चोटको कारणले गर्दा आईपिएलबाट बाहिरिएका छन । उनी भारत र इंल्याण्ड बिचको पहिलो एकदिवसीयमा फिल्डीङ्ग गर्ने क्रममा चोटिल हुन पुगेका थिए । चोटिल भएका श्रेयस अय्यर त्यस पछि मैदानबाटै बाहिरिनु परेको थियो । उनले इंल्याण्ड विरुद्धको एकदिवसीय खेलबाट पनि गुमाउने छन । बिसीसीआईका अनुसार उनी चोट मुक्त हुन कम्तिमा पनि ३ देखि ४ महिना लाग्ने बताएकाे छ ।

उनकाे कप्तानीमा दिल्ली क्यापिटल्स गत सिजनमा पहिलो पटक आईपिएलकाे फाइनलमा प्रवेश गरेको थियो । श्रेयस अय्यरले दिल्लीका लागि आईपिएलमा ४१ खेलमा कप्तानी गरेका थिए जसमा दिल्लीले २१ जित हासिल गरेकाे थियो भने १८ खेलमा हारको सामना गरेको थियो ।

दिल्लीकाे नयाँ कप्तान स्टिवन स्मिथ बन्ने सक्ने सम्भावना निकै उच्च रहेकाे छ । दिल्लीले अक्सनमा अष्ट्रेलियाका स्टिवन स्मिथलाई टिममा अनुबन्धित गरेको थियाे । स्टिवन स्मिथ राजिस्थान रोयल्सका कप्तान समेत रहेका थिए । आईपिएलको राम्रो गर्ने अनुभव भएका स्टिवन स्मिथले ४३ खेलमा टिमको कप्तानी गरेका छन । उनको कप्तानीमा २५ पटक टिम विजयी भएको छ भने १७ पटक पराजित भएको छ ।

टिमको नयाँ कप्तान बन्न सक्ने खेलाडीमा ओपनर शिखर धवन, अजिंक्य राहणे र युवा खेलाडी रिषभ पंत पनि रहेको छन । शिखर धवनले सनराईजर्स हैदरावादको १० खेलमा कप्तानी गरेका थिए जसमा टिम ४ खेलमा मात्र विजयी भएको थियाे र ६ खेलमा पराजित भएको थियाे । त्यसैगरी अजिंक्य राहणेले पनि आईपिएलमा २५ खेलमा कप्तानी गर्दा ९ खेलमा मात्र टिमले जित हासिल गरेको छ । दिल्लीले युवा खेलाडी रिषभ पंतलाई पनि कप्तानीको जिम्मेवारी दिन सक्ने छ । पंतले अहिलेसम्म आईपिएलमा कप्तानी भने गरेका छैनन् ।

वि.सं.२०७७ चैत १३ शुक्रवार १५:२८ मा प्रकाशित

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...