१६ चैत, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने फाइनल खेलमा नेपाल र बंग्लादेश भिड्न गईरहेका छन ।
राउण्ड रोबिनको आधारमा भएको खेलमा नेपाल र बङ्गलादेश शीर्ष दुई स्थानमा रहदैँ फाइनलमा प्रवेश गरेका हुन । किर्गिस्तान भने आफ्नो पहिलो खेलमा बंग्लादेशसँग १-० पराजित हुदैँ प्रतियोगिताबाट बाहिरिएको थियो ।
नेपाल र बङ्गलादेशबीच हालसम्म २४ पटक भेट हुदा बङ्गलादेश १४ खेलमा विजयी भएको छ भने नेपाल ६ खेलमा मत्र जित हासिल गरेको छ । यी दुई टिम बिचको ४ खेल भने बराबरीमा सकिएको छ । यी दुई टिम बिच समुह चरणमा भएको खेल गोलरहित बराबरीमा रोकिएको थियो ।
नेपाल र बङ्गलादेश बिचको फाइनल खेल साँझ ५:३० बाट सुरु हुनेछ ।
वि.सं.२०७७ चैत १६ सोमवार १६:३७ मा प्रकाशित























