
काठमाडौं । अभिनेता शाहरुख खानको आगामी चलचित्र ‘पठान’ रिलिज अगावै चर्चामा छ ।‘पठान’ चर्चामा होइन चर्चामा त शाहरुख हुन् ।
त्यो पनि पारिश्रमिकको कारण जुन उनले पठानमा अभिनय गरेको लिएका छन् । यशराज ब्यानरमा निर्माण भएको चलचित्रमा उनले १०० करोड पारिश्रमिक बुझेको खबर संचारमाध्यममा उल्लेख छ । एका तिर सारुखमा दर्शकको क्रेज अर्को तिर उनले चलचित्रमा लामो समय पछि कमब्याक गरेका । बलिउडमा सय करोड बुझ्ने कलाकार थोरै मात्र छन् ।
सलमान थिए १०० करोड पारिश्रमिक बुझ्ने अभिनेता । अब, उनकै हारहारीमा आएका छन शारुख । चलचित्र समीक्षक उमैर सन्धूले एक ट्विट गर्दै ‘पठान’ का लागि शारुखले सय करोड पारिश्रमिक लिएको बताएका थिए । चलचित्रको निर्देशन सिद्धार्थ आनन्दले गरिरहेका छन् ।
शारुखको अलावा अभिनेत्री दीपिका पादुकोण र अभिनेता जोन अब्राहम पनि प्रमुख भूमिकामा देखिँदै छन् । शाह रुखले ‘जीरो’ पछि अभिनयमा कमब्याक गर्न लागेका कारण ‘पठान’ लाई लिएर दर्शकमा उत्साह देखिएको छ ।