
१७ चैत, काठमाडौँ । साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अकंले बढेको छ । आज बजार परिसूचक ३२ दशमलव १५ अकंले बढेर समग्र परिसूचक २५७५ दशमलव ६६ बिन्दुमा पुगेको हो । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ६ दशमलब १९ अकंले बढेर ४५६ दशमलब १० अकंमा पुगेको छ ।
नेप्सेमा दोहोरो अकंको वृद्धि आउँदा व्यापार र उत्पादन मूलक श्रेत्रका बाहेक सबै कम्पनीको सूचक उकालो लागेको छ ।
आज कुल सूचिकृतमध्ये २०९ कम्पनीको १ अर्ब १८ करोड ५६ लाख ७९ हजार ४९७ रुपैंया बराबरको १ करोड २२ लाख ९ हजार ९७६ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ६८ हजार ६ सय ४५ पटक लेनदेन भएको छ ।
कारोबार रकमको आधारमा नेपाल इन्फास्ट्रक्चर बैंक, निर्घन लघुवित्त, एनएलजी इन्स्योरेन्स, अपर तामाकोशी लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेपाल इन्फास्ट्रक्चर बैंक, सानिमा इक्विटी फण्ड, एचआईडिसीएल, सिद्धार्थ इन्भेष्टमेन्ट एण्ड ग्रोथ स्किम-२ लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज सेयर बजार दोहोरो अकंले वृद्धि हुदाँ वोमी लघुवित्त लगानीकार्ताहरुले उच्च अकंले कमाएका छन । उनीहरुले ९.९९ प्रतिशतले कमाएका छन । त्यस्तै सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले ९.९७ प्रतिशत, जनरल इन्स्योरेन्स कम्पनी नेपालका लगानीकर्ताले ९.९४ प्रतिशत, अजोड इन्स्योरेन्सका लगानीकर्ताले ९.९२ प्रतिशतले कमाउदाँ युनाइटे इदी मार्दीका लगानीकर्ताले ५.३३ प्रतिशत, नेपाल इन्फास्ट्रक्चर बैंकका लगानीकर्ताले २.३१ प्रतिशत, एनआईसी एशिया डेभेन्चर २०८१/८२ का लगानीकर्ताले १.९८ प्रतिशत, रिडी हाइड्रोपावरका लगानीकर्ताले १.७५ प्रतिशतले गुमाएका छन ।
आज भएको कारोबारमा १२५ कम्पनी लागनीकर्ताले कमाउदाँ ३३ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने २० कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन