back
CTIZAN AD

काँचो प्याज खाँदा निको हुन्छन् यी ६ रोग

वि.सं.२०७७ चैत १७ मंगलवार

918 

shares

भोजनमा वा सलादका रूपमा खाइने प्याज स्वास्थ्यका लागि लाभदायक हुन्छ । सलाद होस् वा तरकारी र अचारमै किन नहोस् प्याज धेरै खाइने चिज हो । स्वादका लागि खाइने प्याजको गुण केवल खानालाई स्वादिलो तथा बासनादार बनाउनेमा  मात्र सिमित छैन ।

प्याजमा विभिन्न औषधिय गुण पनि पाइन्छन् र यसको सेवन स्वास्थ्यका लागि हितकर हुन्छ । विज्ञहरुका अनुसार कतिपय स्वास्थ्य समस्याको रोकथाम र उपचारमा प्याज लाभदायक हुन्छ ।

सल्फर, अमिनो एसिड, एन्टीबायोटिक्स, फाइबर, क्यालिस्यम, आयोडिन, फस्फोरस, मिनरल्स र भिटामिनका गुणहरूले भरपूर एक काँचो प्याजको सेवनले गम्भीर रोगलाई पनि जरैबाट सिध्याउँछ । यहाँ हामी प्याजले निको पार्ने ६ रोगको चर्चा गर्दैछौं ।

रक्तचाप
प्याजमा भएको मिथाइल सल्फाइड र अमिनो एसिडका कारण रक्तचापलाई नियन्त्रणमा राख्न सफल हुन्छ । दिनको एउटा काँचो प्याज खाएर उच्च रक्तचापबाट छुटकारा पाउनुस् ।

मधुमेह
काँचो प्याज खाँदा शरीरमा इन्सुलिन बन्छ । दिनदिनै एउटा काँचो प्याज वा त्यसको रसको सेवनले मधुमेह निको पार्छ ।

कब्जियत
प्याजमा भएका रेशाहरू पेटको रोगका लागि लाभदायक हुन्छन् । दिनदिनै एउटा काँचो प्याज खाँदा कब्जियत, ग्यास र एसिडिटीको समस्या समाप्त हुन्छ अनि पाचनतन्त्रले सुचारु रूपमा काम गर्छ ।

पत्थरी
बिहानै खाली पेट दुई चम्चा प्याजको रस पिउनुस् । नियमित रूपमा यसको सेवनले पत्थरीको समस्या सधैंका लागि सकिन्छ ।

रक्ताल्पता
दिनदिनै एउटा काँचो प्याज खाँदा शरीरमा रगतको कमी हुन पाउँदैन । यसबाहेक प्याजमा भएका पोषक तत्त्वले रोगप्रतिरोधक क्षमता पनि वृद्धि गर्छन् ।

घाँटी खसखसाउने
रुघा, कफ र घाँटी खसखसाउने समस्यालाई हटाउनका लागि प्याजको रसमा सक्खर र मह मिसाएर पिउनुस् ।

 

वि.सं.२०७७ चैत १७ मंगलवार १५:२६ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...