back
CTIZAN AD

दोस्रो टी-२० मा न्यूजिल्याण्ड २८ रनले विजयी, ग्लेन फिलिप्सको विस्फोटक ब्याटिङ्ग

वि.सं.२०७७ चैत १७ मंगलवार

588 

shares

१७ चैत, काठमडौँ । बङ्गलादेश र न्यूजिल्याण्ड बिचको दोस्रो टि-२० मा न्यूजिल्याण्डले २६ रनको जित हासिल गरेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको न्यूजिल्याण्डले १७.५ ओभरमा ५ विकेट गुमाएर १७३ रन बनाएको थियो । १७.५ ओभर पछि वर्षाको कारणले गर्दा पहिलो इनिङ्गको समाप्त गरिएको थियो । न्यूजिल्याण्डका लागि ब्याटिङ्गमा ग्लेन फिलिप्सले सर्वाधिक ५८ रन बनाएका थिए भने बङ्गलादेशका लागि बलिङ्गमा मेहदी शसनले सर्वाधिक २ विकेट हात पारेका थिए ।

वर्षाले प्रभावित भएको खेलमा बङ्गलोदशले १६ ओभरमा १७१ रनको लक्ष्य पाएको थियो । १७१ रनको लक्ष्य पछाएको बङ्गलादेशले १६ ओभरमा ७ विकेट गुमाएर १४२ रनमात्र बनाउन सक्यो । बङ्गलादेशका लागि सैम्य सरकारले २७ बलमा ५१ रनको विस्फोट पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेनन् । न्यूजिल्याण्डका लागि उत्कृष्ट बलिङ्ग गर्दै साउदी, बेनेट र मिलले समान २-२ विकेट हात पारेका थिए ।

जितसँगै न्यूजिल्याण्डले १ खेल बाँकी रहदैँ ३ खेलको टि-२० श्रृखला आफ्नो नाममा गरेको छ ।

वि.सं.२०७७ चैत १७ मंगलवार १६:३३ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...