back
CTIZAN AD

सरकार र थरुहट संघर्ष समितिको पहिलो चरणको वार्ता सम्पन्न

वि.सं.२०७७ चैत १७ मंगलवार

675 

shares

१७ चैत, काठमाडौं । सरकार र थारु कल्याणकारी सभा थारुहट÷थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलनबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।

नेपाल सरकारका तर्फबाट गृहमन्त्री राम बहादुर थापा वादलको टोली र संघर्ष समितिका पदाधिकारीहरुबीच आज गृहमन्त्रालयमा भएको पहिलो चरणको वार्ता सकारात्मक रहेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार तथा वार्ता समितिका सदस्य राजन भट्टराईले जानकारी दिएका छन् ।

उनले दुवैतर्फको वार्ता सौहार्दपूण र सकारात्मक रहेको बताउँदै अर्को वार्ता छिट्ट बस्ने सहमति भएको जानकारी दिएका छन् ।

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री राम बहादुर थापा ‘वादल’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, पूर्वसभासद् भगवती चौधरी र संघर्ष समितिका तर्फबाट प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेका छन् ।

संघर्ष समितिले १९ बुँदे माग राख्दै टीकापुर घटनाको अभियोग लागेका थारु कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरी, सांसद रेशम चौधरी लगायतको मुद्दा फिर्ता लिइनुपने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरूलाई सहिद घोषणा गर्नुपर्ने लगायतका माग राखेका हुन् ।

सरकार र थरुहट संघर्ष समितिबीच वार्ता सुरु

वि.सं.२०७७ चैत १७ मंगलवार १६:३२ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...