Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

केयुमा पठनपाठन ठप्प



१९ माघ,बनेपा। काठमाडौँ विश्वविद्यालयमा दश दिनदेखि भएको तालाबन्दी अहिलेसम्म पनि खुल्न नसक्दा पठनपाठन प्रभावित भएको छ ।

विद्यार्थी कल्याणको चुनाव स्थगनपछि अनेरास्ववियुको नेतृत्वमा काठमाडाँै विश्वविद्यालयको प्रशासनिक कक्षलगायतका विभिन्न विभागमा गत ९ गतेदेखि तालाबन्दी भएको थियो ।

विश्वविद्यालयका रजिष्टार डा भोला थापाले तालाबन्दीका कारण पठनपाठन ठप्प भएको उल्लेख गर्दै विद्यार्थीसँग दिनहुँजसो वार्ता जारी रहेको बताउनुभयो ।
वार्ता भइरहेको छ तर निष्कर्षमा पुग्न सकिएको छैन उहाँले भन्नुभयो ।

काठमाडौँ विश्वविद्यालय अनेरास्ववियु राष्ट्रिय कमिटीका सचिव उजन गौतमले आफूहरुले चुनाव जित्ने निश्चित भएका कारण चुनाव भाँडिएको आरोप लगाउँदै यथाशीघ्र चुनाव गर्न आग्रह गर्नुभयो ।

उहाँले तत्काल वार्ता पनि जारी नरहेको उल्लेख गर्दै अब केही दिनमा निर्णय आउने अपेक्षा भएको बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।