Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

कस्तो अचम्म ! सञ्जयले आफ्नै घाँटी काटेर बलि दिए



बिहार । भारतको झारखण्ड राज्यको राजरप्पास्थित छिन्नमस्तका मन्दिरमा मंगलबार बिहान एक व्यक्तिले आफ्नै घाँटी काटेर बलि दिएका छन् । भारतीय प्रहरीले ती व्यक्ति बिहार राज्यको बक्सर निवासी ३५ वर्षीय सञ्जय नट भएको जानकारी दिएको छ । उनको तत्कालै मृत्यु भएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार बिहानै ६ बजे नट मन्दिर आइपुगेका थिए । कयौं श्रद्धालुसँगै उनी मन्दिरभित्र प्रवेश गरेका थिए । राजरप्पा मन्दिर पण्डा समितिका महासचिव सुभाशिष पण्डाले भने, ‘उनी मन्दिरको गर्भगृहमा गए । उनी आँखा चिम्लेर मन्त्र पढ्दै थिए । एक्कासी गम्छामा लुकाएर राखेको चक्कु निकालेर घाँटीमा रेटे ।
त्यहाँ उपस्थित श्रद्धालु भक्तजनले तत्काल यो घटनाको पुजारीलाई जानकारी दिएका थिए । पुजारी गर्भगृहमा पुग्दा रगतमा लतपतिएका नटको ज्यान गइसकेको थियो ।
घटनाको जानकारी पाउनासाथ प्रहरी घटनास्थल पुगेको र उनको शव पोष्टमार्टमका लागि पठाएको थियो । राजरप्पा प्रहरी चौकीका प्रमुख एके सिंहले भने, ‘मृतका खल्तीमा एउटा कागज भेटिएको छ । यसबाट उनको जानकारी मिलेको छ । त्यसै कागजका आधारमा उनको घरमा खबर दिएका हौं ।’ मृतक नटका पिता भारतको केन्द्रीय रिजर्भ पुलिस बलमा बस्तर क्षेत्रमा कार्यरत छन् ।
प्रान्तीय राजधानी राँचीबाट करिब ६१ किलोमिटर टाढा दामोदर र भैरवी नदीको संगमस्थल राजरप्पा रहेको छ । घटनापछि केही समय मन्दिर परिसर बन्द गरिएको थियो । एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले