back
CTIZAN AD

कस्तो अचम्म ! सञ्जयले आफ्नै घाँटी काटेर बलि दिए

वि.सं.२०७३ माघ १९ बुधवार

2K 

shares

बिहार । भारतको झारखण्ड राज्यको राजरप्पास्थित छिन्नमस्तका मन्दिरमा मंगलबार बिहान एक व्यक्तिले आफ्नै घाँटी काटेर बलि दिएका छन् । भारतीय प्रहरीले ती व्यक्ति बिहार राज्यको बक्सर निवासी ३५ वर्षीय सञ्जय नट भएको जानकारी दिएको छ । उनको तत्कालै मृत्यु भएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार बिहानै ६ बजे नट मन्दिर आइपुगेका थिए । कयौं श्रद्धालुसँगै उनी मन्दिरभित्र प्रवेश गरेका थिए । राजरप्पा मन्दिर पण्डा समितिका महासचिव सुभाशिष पण्डाले भने, ‘उनी मन्दिरको गर्भगृहमा गए । उनी आँखा चिम्लेर मन्त्र पढ्दै थिए । एक्कासी गम्छामा लुकाएर राखेको चक्कु निकालेर घाँटीमा रेटे ।
त्यहाँ उपस्थित श्रद्धालु भक्तजनले तत्काल यो घटनाको पुजारीलाई जानकारी दिएका थिए । पुजारी गर्भगृहमा पुग्दा रगतमा लतपतिएका नटको ज्यान गइसकेको थियो ।
घटनाको जानकारी पाउनासाथ प्रहरी घटनास्थल पुगेको र उनको शव पोष्टमार्टमका लागि पठाएको थियो । राजरप्पा प्रहरी चौकीका प्रमुख एके सिंहले भने, ‘मृतका खल्तीमा एउटा कागज भेटिएको छ । यसबाट उनको जानकारी मिलेको छ । त्यसै कागजका आधारमा उनको घरमा खबर दिएका हौं ।’ मृतक नटका पिता भारतको केन्द्रीय रिजर्भ पुलिस बलमा बस्तर क्षेत्रमा कार्यरत छन् ।
प्रान्तीय राजधानी राँचीबाट करिब ६१ किलोमिटर टाढा दामोदर र भैरवी नदीको संगमस्थल राजरप्पा रहेको छ । घटनापछि केही समय मन्दिर परिसर बन्द गरिएको थियो । एजेन्सी

वि.सं.२०७३ माघ १९ बुधवार ०८:५८ मा प्रकाशित

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...