back
CTIZAN AD

चैत २३ गतेभित्र प्रधानमन्त्रीले संसदबाट विस्वासको मत लिनुपर्छ–देव गुरुङ

वि.सं.२०७७ चैत १८ बुधवार

729 

shares

१८ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २३ गतेभित्र संसदबाट विस्वासको मत लिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सचेतक गुरुङले संवैधानिक इजलासले फागुन ११ गतेको फैसलामा सरकारको बारेमा ७६(१) अनुसारको सरकार नै हुने भनिएपनि फागुन २३ को फैसलामा ७६ (२) आकर्षित भएको उनले बताए ।

‘संविधानको धारा १०० को उपधारा २ आकर्षित हुने देखिन्छ । उक्त धारामा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले समर्थन सफर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले सदनभित्रबाट विस्वासको मत लिनुपर्नेछ ।’ उनले भने ।

सचेतक गुरुङले सर्वोच्चले दल विभाजन गरिदिएको १८ दिन पुगिसकेकोले २३ गतेभित्रमा विश्वासको मत लिएमा मात्र प्रधानमन्त्रीले संवैधानिक वैद्यता हासिल गर्न सक्ने अन्यथा सरकारको संवैधानिक हैसियतमाथि प्रश्न उठ्ने छ ।

उनले मुलुकमा संविधानले दलिय स्वतन्त्रता प्रत्याभुत गरेको अवस्था रहेको तर सर्वोच्च अदालतको फागुन २३ गतेको फैसला र त्यसभित्र रहेका अन्तर्य व्याख्या विश्लेषणहरुले नेपालको संविधानको दल सम्बन्धी स्वतन्त्रतामाथिको अधिकारलाई हनन गरेको देखिएको बताए ।
‘दल खोल्न पाउने विचार मिल्नेहरुको विचमा दल खोल्न पाउने, स्थापना गर्न पाउने र गठन गर्न पाउने तथा विघटन गर्न पाउने दलिय अधिकारको कुरा हो । तर, दलहरुको अधिकार हनन गर्ने प्रक्रियाको सुरुवात भएको छ,’ सचेतक गुरुङले भने, ‘त्यसकारण यतिखेर दलिय लोकतन्त्र सहितको लोकतान्त्रिक गणतन्त्र जो मुलुकमा स्थापित भएको छ त्यसमाथि एकप्रकाको संकट पैदा भएको छ ।’

वि.सं.२०७७ चैत १८ बुधवार १५:२१ मा प्रकाशित

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर...