back
CTIZAN AD

डोटीमा शुरु भयो कुप्रथाविरुद्ध टोल–टोलमा प्रहरी अभियान

वि.सं.२०७७ चैत १८ बुधवार

642 

shares

१८ चैत्र, डोटी । सामाजिक रुपमा निन्दनीय र कानूनी रुपले दण्डनीय मानिने बालविवाह, बहुविवाह, छाउपडी प्रथा, जातीय विभेद लैङ्गिक हिंसा, लागुऔअध दुव्र्यसनीलगायत कु–प्रथाको अन्त्यका लागि जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न टोलटोलमा प्रहरी अभियान थालेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले केही दिनयतादेखि उक्त अभियानको थालनी गरेको हो । जिल्लाका विभिन्न गाउँ तथा टोलमा अझै पनि बाल तथा बहुविवाह जस्ता सामाजिक कुप्रथा कायमै भएका कारण त्यस्को अन्त्यका लागि आफूहरुले यो अभियानको थालनी गरेको जिल्ला प्रहरी प्रमुख दानबहादुर मल्लले बताए। उनले भने, “जिल्लाका विभिन्न स्थलमा बहुविवाह, बालविवाहलगायत घटना कायमै भएको पाएकाले टोलटोलमा प्रहरी अभियानसँगै अन्य कुप्रथाको अन्त्यका लागि अभियान थालेका छौँ, सबैको सहयोग जरुरी छ ।”

जिल्ला प्रहरी कार्यालयले जिल्ला सदरमुकाममा २० वटा प्रहरी टोली तथा अन्य ग्रामीण क्षेत्रमा रहेका प्रहरी एकाइमार्फत अभियान सञ्चालन गरिरहेको छ । प्रहरीहरुको टोली टोलटोल, स्कूल तथा सार्वजनिक ठाउँहरुमा पुगेर सामाजिक विकृतिविरुद्ध जनचेतना जोगाइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

टोलटोल र गाउँगाउँमा खटिएका प्रहरी टोलीले प्रत्येक टोलमा बहुविवाह, बालविवाह, छाउपडी प्रथालगायत अन्य कुप्रथा अन्त्यका लागि स्थानीयवासीलाई भेला गराएर चेतनामूलक पोष्टर तथा पम्प्लेट वितरण गर्ने काम गरिरहेका छन् ।

त्यस्तै, प्रहरीले विद्यालयमा पुगेर लागुऔषध दुव्र्यसनीमा फसेका बालबालिका, युवायुवतीलाई समेत सचेतना जोगाइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । रासस

वि.सं.२०७७ चैत १८ बुधवार १६:३४ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...