२३ चैत, काठमाडौँ । पाकिस्तान र दक्षिण अफ्रिका बिचको दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिकाले १७ रनले रोमाञ्चक जित हासिल गरेको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेका दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाएर ३४१ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बबुमाले सर्वाधिक ९२ रन बनाएका थिए । त्यसैगरी क्विनटन डि ककले ८०, रसी भ्यान डेर डुसेनले ६० र डेविड मिलरले ५० रनको विस्फोटक पारी खेलेका थिए । पाकिस्तानका लागि भने ह्यारीस रैफले सर्वाधिक ३ विकेटले लिएका थिए ।
३४२ रनको विशाल लक्ष्य पछाएको पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३२४ रनमात्र बनाउन सक्यो । पाकिस्तानका लागि फखर जमानले १५५ बलमा १९३ रनको विस्फोटक पारी खेलेका थिए । त्यसक्रममा उनले १८ चौका र १० छक्का प्रहार गरेका थिए । त्यसैगरी कप्तान बाबर आजम ३१ रन बनाएर आउट भएका थिए । यी दुई खेलाडी बाहेक अरु कुनै खेलाडीले पनि २० रन भन्दा बढि जोड्न सकेन्न् । दक्षिण अफ्रिकाका लागि बलिङ्गमा भने एनरिज नोत्र्जेले सर्वाधिक ३ विकेट लिएका थिए ।
जितसँगै दक्षिण अफ्रिकले ३ खेलको एकदिवसीय श्रृखलामा १-१ ले बराबरी गरेको छ ।
वि.सं.२०७७ चैत २३ सोमवार १०:२४ मा प्रकाशित

























