२३ चैत, काठमडौँ । भारतीय क्रिकेट टिमका पुर्वखेलाडी तथा क्रिकेट कमेन्टटेटर आकाश चोपडाले २०२१ को आईपिएलका अघि रोयल च्यालेन्जर्स बेङ्गलोरको सम्भावित प्लेइङ्ग इलेवन बनाएका छन । २०२१ को आईपिएलका लागि उनले यूट्यूब भोडियो पोस्ट गर्दै बेङ्गलोरको सम्भावित प्लेइङ्ग चुनेका हुन ।
२०२१ को आईपिएल यही शुक्रबारबाट भारतमा सुरु हुदैँछ । शुक्रबारबाट सुरु हुने आईपिएलको पहिलो खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्गलोरले भिड्ने छन । बेङ्गलोरले आफ्नो ५ खेल कोलकत्ता, ४ खेल अहमदमवाद, ३ खेल चेन्नाई र २ खेल मुम्बईमा रहेकाे मैदानमा खेल्ने छ ।
आकाश चोपडाले बनाएको रोयल च्यालेन्जर्स बेङ्गलोरके सम्भावित प्लेइङ्ग-११
देवदत्त पाडिक्कल, विराट कोहली, रजत पाटीदार, एबी डि भिलियर्स, ग्लेन म्याक्सवेल, डानियल क्रिश्चियन, वाशिंगटन सुन्दर, काइल जैमीशन, युजवेन्द्र चाहल, मोहम्मद सिराज, नवदिप शैनी ।
वि.सं.२०७७ चैत २३ सोमवार १६:२२ मा प्रकाशित























