२४ चैत्र, काठमाडौं । नेपाल स्टक कम्पनी एक्ससेञ्ज (नेप्से) मा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ सूचिकृत भएको छ ।
नेप्सेमा कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका २ करोड २० लाख कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको सेयर भोलि९बुधबार० देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
यस्तै, कम्पनीले दोश्रो बजारमा कारोबारका लागि JLI सिम्बोल पाएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १२० रूपैयाँ २९ पैसादेखि अधिकतम ३६० रुपैयाँ ८७ पैसा ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।
कम्पनीले फागुन २१ गते, शुक्रबारदेखि फागुन २६ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो ।
संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :
वि.सं.२०७७ चैत २४ मंगलवार १५:३९ मा प्रकाशित


























