
२५ चैत्र, काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झिनो अङ्कको गिरावट देखिएको छ। गत साताको मंगलबारदेखि निरन्तर बढेको बजारमा यस दिन सामान्य अंकको करेक्सन भएको हो ।
नेप्सेले नयाँ रेकर्ड बनाउँदै हाल सम्मकै उच्च २६९४ बिन्दुमा पुगेको कारोबार बन्द हुँदा २६७१ दशमलव ६१ अङ्कमा रोकिएको छ। यो सँगै नेप्से परिसूचक अघिल्लो दिनको भन्दा २.८५ अंकले घटेको छ ।
बुधवार ७ अर्व माथिको कारोबार हुँदा एक करोड ६३ लाख भन्दा बढी कित्ता शेयर किनबेच भएको हो। आजको कारोबारबाट नेप्सेमा सूचीकृत ८२ कम्पनीका लगानीकर्ताले कामै भने ८७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। नेप्सेका अनुसार ११ कम्पनीको मूल्य भने स्थिर रहेको छ।