
२५ चैत, काठमाडौँ । २०२१ को आईपिएल यही शुक्रबारबाट सुरु हुन गईरहेको छ । २०२० को आईपिएलको पहिलो खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्गलोर भिड्ने छन ।
भारतमा हुने आईपिएलमा विश्व क्रिकेटका केही चर्चित खेलाडीहरुले भने आफ्नो नाम फिर्ता लिएका छन । आईपिएलबाट आफ्नो नाम फिर्ता लिएका केही चर्चित खेलाडीहरुमा अष्ट्रेलियाका मिचल मार्श, जश हेजलवुड, ग्लेन फिलिप, इंल्याण्डका मार्क वुड र दक्षिण अफ्रिकाका डेल स्टेन रहेका छन । यी मध्ये केही खेलाडीहरुले अक्सनमा टिममा अनुबन्धित भए पछि आफ्नो नाम फिर्ता लिएका छन भने केही खेलाडीहरुले आईपिएलको अक्सन अघिनै आफ्नो नाम फिर्ता लिएका थिए ।
यी हुन आईपिएलबाट आफ्नो नाम फिर्ता लिने चर्चित खेलाडीहरु :
जश हेजलवुड
अष्ट्रेलियाका फास्ट बलर जश हेजलवुडलाई अक्सनमा चेन्नाई सुपर किंग्सले २ करोडमा टिममा अनुबन्धित गरेको थियो । केही दिन अघिमात्र उनले क्रिकेटबाट विश्राम लिने भन्दैँ आईपिएलबाट आफ्नो नाम फिर्ता लिएका छन ।
मिचल मार्श
आईपिएलको गत सिजन सनराईजर्स हैदरावादको पहिलो खेल्मै चोटिल भएर प्रतियोगिताबाट बाहिरिएका मिचल मार्शले यस वर्ष आईपिएलबाट आफ्नो नाम फिर्ता लिएका छन । उनलाई हैदरावादको टिमले अक्सन अघि २ करोड भारुमा रिटेन गरेको थियो । मिचल मार्शको स्थानमा हैदरावादको टिमले इंल्याण्डका विस्फोटक ब्याट्सम्यानलाई जेसन रोयलाई टिममा अनुबन्धित गरेको छ ।
जश फिलिप
अष्ट्रेलियाकै अर्का खेलाडी जश फिलिपले पनि २०२१ को आईपिएलबाट आफ्नो नाम फिर्ता लिएका छन । उनले पनि आईपिएल अघि टिमले २ करोड भारुमा रिटन गरेपछि आईपिएलबाट आफ्नो नाम फिर्ता लिएका हुन । फिलिपले आईपिएलबाट किन आफ्ना नाम फिर्ता लिए भन्ने बारे अझै खुलेका छैन । उनको स्थानमा बेङ्गलोरको टिमले न्यूजिल्याण्ड विकेट किपर ब्याट्सम्यान फिन एलनेलाई टिममा अनुबन्धित गरेको छ ।
मार्क वुड
इंल्याण्ड क्रिकेट टिमबाट फास्ट बलर मार्क वुडले भने आईपिएलको अक्सनको केही समय अघिमात्र आफ्नो नाम फिर्ता लिएको थिए । उनले परिवारसँग केही समय बिताउनको लागि आईपिएलबाट नाम फिर्ता लिएको बताएका थिए ।
डेल स्टेन
दक्षिण अफ्रिका र रोयल च्यालेन्जर्स बेङ्गलोरका फास्ट बलर डेल स्टेन २०२१ को आईपिएलबाट आफ्नो नाम फिर्ता लिने पहिलो खेलाडी थिए । उनले क्रिकेटबाट केही समय विश्राम लिने भन्दैँ आफ्नो नाम फिर्ता लिएका थिए । उनले आईपिएलको समयमा अरु कुनै प्रतियोगितामा सहभागी नहुने भने बताएका छन ।