२६ चैत्र, काठमाडौं । मेगा बैंकका ग्राहकले टर्कीस एयरलाइन्समा विशेष छुट प्राप्त गर्ने भएका छन् । बैंकका अनुसार टर्कीस एयरलाइन्सले बैंकका डेबिट र के्रडिट कार्ड प्रयोगकर्तालाई हवाई यात्रामा बिशेष छुट दिने भएको छ ।
मेगा बैंक नेपाल लिमिटेडकी नायब सिइओ रवीना देशराज श्रेष्ठ र टर्किस एयरलाइन्सका कन्ट्री जनरल म्यानेजर अब्दुल्ला टंकर केसी बीच छुट बारे सम्झौता भएको हो ।
उक्त सम्झौता अनुसार, टर्किस एयरलायन्सले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा विशेष छुट र अतिरिक्त लगेजको सुविधा पनि दिने भएको छ ।
वि.सं.२०७७ चैत २६ बिहीवार ११:०९ मा प्रकाशित






























