
२६ चैत, लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके तथा पाँच भूतपूर्व गोर्खा संगठनहरुले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई संयुक्त ज्ञापनपत्र पठाएका छन् ।
संगठनहरुले मंगलबार हुलाकमार्फत् प्रधानमन्त्री जोनसनलाई ज्ञापनपत्र पठाउँदै समान पेन्सन, समानता, तथा न्यायका लागि दशकदेखि जारी गोर्खा आन्दोलनले राखेको मागहरु पूरा गर्न अनुरोध गरेका छन् ।
मंगलबार बिहान अल्डरशटस्थित हुलाक कार्यालयबाट पठाइएको उक्त पत्रमा बेलायत तथा नेपाल सरकारसँग आफूहरुले राखेका १३ बुँदे माग सम्बोधन गर्न माग गर्दै १ जुलाई २०२१ अगावै वार्ता मिति तय गर्न अनुरोध समेत गरेका छन् ।
एनआरएनए यूकेका उपाध्यक्ष तथा गोर्खा विभागका प्रमुख संयोजक प्रेम गाहा मगरले गत २७ मार्चमा प्रमुख गोर्खा संगठनहरुसंग भएको खुल्ला छलफल तथा बैठकको ‘म्यान्डेट’ बमोजिम छुट्टाछुट्टै पत्र तयार गरेर नेपाल सरकार तथा बेलायती प्रधानमन्त्रीलाई पठाइएको बताए ।
पूर्व गोर्खाहरुद्धारा आफ्ना १३ बुँदे माग सम्बोधनका लागि मिति तोक्न दुवै देशका सरकारलाई अनुरोध
बेलायतका नेता डेभिडद्धारा स्थानीय सांसदसंग गोर्खा पेन्सन मुद्दामा सहयोग गर्न अपिल
१३ बुँदे माग सम्बोधन गर्न भन्दै भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र