लन्डन । बेलायतका स्थानीय नेता तथा नेपाली शुभचिन्तक डेभिड क्लीफोर्डले स्थानीय सांसदसंग गोर्खा पेन्सन मुद्दामा सहयोग गर्न अपिल गरेका छन् ।
बेलायतका नेपाली समुदायसंग धेरै निकट रहेका डेभिडले नेपाली समुदायका हरेक गतिविधिमा सरिक हुने रसमोर बरो काउन्सिलका काउन्सिल लिडर क्लीफोर्डलाई एक पत्र लेखेर यस्तो अनुरोध गरेका हुन् ।
भूतपूर्व गोर्खा र तिनका सन्तानको हकहितमा पनि आवाज उठाइरहने उनले केही साताअघि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई एक पत्र लेखेर भूतपूर्व गोर्खाहरुलाई बेलायती राहदानी लिन सहज प्रक्रियासहित शुल्क मिनाहा गरिदिन ध्यानाकर्षण गराएका डेभिडले स्थानीय सांसदसंग गोर्खा पेन्सन मुद्दामा सहयोग अपिल गरेका हुन् ।
उनले स्थानीय सांसद लियो डोकर्टीलाई ३० मार्च मंगलबार एक पत्र लेख्दै गोर्खा पेन्सन पुनरावलोकनका लागि उच्च तहमा पहलको साथ खोजेका हुन् ।
ब्रिटिश सेनामा गोर्खाहरुले गरेका योगदानमात्र होइन्, रसमोर क्षेत्रमा स्थानीय समुदायप्रति उनीहरुको लगाव र सेवाको पनि उचित मूल्यांकन गरेको बताउंदै नेता डेभिडले समान पेन्सन मुद्दामा सांसदको साथ प्रशंसनीय हुने पनि उल्लेख गरेका छन् ।
अल्डरसटलगायत क्षेत्रका भूतपूर्व गोर्खाहरुले समान पेन्सन मागको आन्दोलन थप सशक्त बनाउने घोषणा गरिरहंदा डेभिडले सांसदलाई पत्र लेखेका हुन् ।
डोचेर्टी सन् २०१७ देखि सत्तारुढ कन्जरभेटिभ पार्टीका तर्फबाट अल्डरसट सांसद छन् । एक सैनिकको इराकदेखि अफगानिस्तानसम्मको यात्रा समेटिएको ‘डिजर्ट अफ डेथ’ नामक पुस्तकका लेखक लियो गोर्खा मुद्दासंग समेत जानकार मानिन्छन् ।



वि.सं.२०७७ चैत २१ शनिवार १९:५२ मा प्रकाशित






























