२६ चैत्र, काठमाडौं । आज बिहिबारको बजारमा सुनको मूल्य एक हजार रुपैँयाले उकालो लागेको छ ।
बुधबार ८८ हजार रुपैयाँमा कारोबार भएको छापावालाको सुनको मूल्य आज एक हजार रुपैँयाले बढेर प्रतितोला ८९ हजार रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनपनि आज ८८ हजार ५५० रुपैँयामा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आजको बजारमा चाँदीको भाउ पनि बढेको छ । आज १५ रुपैँयाले बढेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७७ चैत २६ बिहीवार ११:२६ मा प्रकाशित






























