२६ चैत, काठमाडौं । भारतमा पछिल्लो समयमा कोरोना संक्रमण तिब्र रुपमा बढ्दै दिनहुँ नयाँ रेकर्ड राखेको छ ।
भारतमा बुधबार (पछिल्लो २४ घण्टामा) १ लाख २६ हजार २६५ जनामा कोरोना संक्रमित थपिएका छन् । भारतीय समाचार एजेन्सीका अनुसार एकैदिन संक्रमित हुने यो संख्या कोरोना सुरु भए यताकै बढी हो । सन् २०२० अप्रिलमा एकैदिन १ लाख १५ हजारमा कोरोना संक्रमण भएको थियो ।

त्यसैगरी बुधबार भारतमा ६८४ जनाको निधन भएको छ भने संक्रमित मध्ये ५९ हजार १२९ जना संक्रमण मुक्त भएका छन् ।
कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको महाराष्ट्रमा बुधबार ५९ हजार ९०७ जना संक्रमित थपिएका छन् ३२२ जनाको निधन भएको छ ।
महाराष्ट्रमा हालसम्म ३१ लाख ७३ हजारमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये २६ लाख १३ हजार निको भइसकेका छन् । त्यहाँ हालसम्म ५६ हजार ६५२ जनाको निधन भइसकेको छ भने ५ लाखको उपचार भइरहेको छ ।
भारतमा हालसम्म १ करोड २९ लाखमा कोरोना संक्रमण भइसकेको छ भने १ करोड १८ लाख निको भइसकेका छन् । साथै ९ लाख ५ हजार जनाको उपचार भइरहेको छ भने हालसम्म १ लाख ६६ हजारले ज्यान गुमाएका छन् ।
भारतमा तिब्र गतिमा बढ्दै कोरोना संक्रमण, एकैदिन १ लाख १५ हजार संक्रमित
वि.सं.२०७७ चैत २६ बिहीवार ११:३२ मा प्रकाशित






























