
२६ चैत्र, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ औ वार्षिक साधारण सभाबाट सञ्चालकहरुको छनोट गरिएको छ । उक्त सभाबाट संस्थामा ६ जना सञ्चालक निर्वाचित भएका छन् ।
संस्थाको सो साधारण सभाबाट संस्थापक समूह तर्फ़ प्रभु नारायण चौधरी, कमल प्रसाद बस्याल, भानुभक्त निरौला, रोशन कुमार मंडर र सर्वसाधारण समूह तर्फ़बाट शर्मिला राई र निमानन्द कडेल निर्विरोध संचालकमा निर्वाचित भएका हुन् ।