back
CTIZAN AD

अभिनेत्री रञ्जना शर्माले गरिन् दोस्रो विवाह

वि.सं.२०७७ चैत २६ बिहीवार

579 

shares

काठमाडौं । अमेरिकामा बस्दै आएकी नायिका रञ्जना शर्माले बिबाह गरेकी छिन् । प्रेमी निकेश सिलवालसँग उनले यसै साता विवाह गरेकी हुन् । रञ्जना र निकेशको विवाह समारोहमा त्यहाँ रहेका नेपाली कलाकर्मी सहभागी थिए ।

रञ्जना र निकेशको विवाह समारोहमा सहभागी नायिका उषा पौडेल ।

रञ्जना र निकेश केही समयदेखि बाल्टिमोरमा सँगै बस्दै आइरहेका थिए । एक अर्कालाई बुझेर दुईले विवाह गरेका हुन् । नायिका शर्माको यो दोश्रो विवाह हो । नायिका बन्नु पुर्व उनले निर्देशक श्याम भट्टराईसँग विवाह गरेकी थिइन् । अमेरिका गएपछि रञ्जना र श्यामबिच बैबाहिक सम्बन्ध विच्छेद भयो ।

निर्देशक श्याम भट्टराईले पनि दोश्रो विवाह गरिसकेका छन् । उनीहरु पनि अमेरिकामै छन् । नायिका रञ्जना शर्माले दर्जनौं म्युजिक भिडियो सहित ‘मौसम’ र ‘मर्यादा’ लगायत फिल्महरुमा अभिनय गरेकी छिन् ।

वि.सं.२०७७ चैत २६ बिहीवार १६:१७ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...