२६ चैत, काठमाडौँ । न्यूजिल्याण्ड क्रिकेट र्बोडले इंल्याण्ड विरुद्धको २ खेलको टेस्ट श्रृखलाका लागि आफ्नो खेलाडीहरुको चयन गरिसकेको छ । न्यूजिल्याण्ड क्रिकेट र्बोडले केन विलियमसनको कप्तानीमा २० खेलाडीहरुको चयन गरेको हो । विलियमसँगै इंल्याण्ड विरुद्धको टेस्ट श्रृखलामा भाग लिने खलाडीमा फास्ट बलर टे«न्ट बोल्ट, काइल जैमीशन र स्पिनर मिचल श्यान्टनर रहेका छन ।
इंल्याण्ड र न्यूजिल्याण्ड बिचको २ खेलको टेस्ट श्रृखला जून २ बाट सुरु हुनेछ । यता आईपिएल भने अप्रिल ९ देखि मे ३० सम्म चल्ने छ । इंल्याण्ड सरकारले बनाएको नियम अनुसार भारतबाट आउने प्रत्यक व्यक्तिले अनिवार्य रूपमा १० दिन क्वारेन्टाइनमा बस्न पर्ने छ । त्यस अनुसार २०२१ को आईपिएलमा भाग लिने न्यूजिल्याण्डका यी ४ खेलाडीहरुले आईपिएल बिचमा नै छाड्न पर्ने हुनेछ । उनीहरु आईपिएलको फाइनल र समुह चरण पछिको नकआउट खेलहरुबाट बाहिरिने सम्भावना निकै उच्च रहेको छ ।
केन विलियमसन सनराइजर्स हैदरावाद, टे«न्ट बोल्ट मुम्बई इन्डियन्स, काइल जैमीशन रोयल च्यालेन्जर्स बेङ्गलोर र मिचल श्यान्टनर चेन्नाई सुपर किंग्समा अनुबन्धित रहेका छन ।
वि.सं.२०७७ चैत २६ बिहीवार १६:२० मा प्रकाशित






























