back
CTIZAN AD

आईपिएलको पहिलो खेलमा आज मुम्बई र बेङ्गलोर भिड्दै, यस्तो छ दुवै टिमको सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७७ चैत २७ शुक्रवार

567 

shares

२७ चैत, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपिएल) को चौधौँ संस्करण आजबाट भारतमा सुरु हुन गईरहेको छ । आजबाट सुरु हुने आईपिएलको पहिलो खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्गलोर चेन्नाईको मैदानमा भिड्ने छन ।

मुम्बई इन्डियन्सको कप्तानी रोहित शर्माले गर्ने छन भने रोयल च्यालेन्जर्स बेङ्गलोरको कप्तानी विराट कोहलीले गर्ने छन । यी दुई टिम बिच आईपिएलमा अहिलेसम्म २७ खेल भएको छ जसमा मुम्बईले १७ पटक जित हासिल गरेको छ भने रोयल च्यालेन्जर्स बेङ्गलोरले १० पटक मात्र जित हासिल गरेको छ ।

रोयल च्यालेन्जर्स बेङ्गलोरका लागि एडम जाम्पा, केन रिचार्डशन र कोरोना भाइरसबाट संक्रमित भएका डेनियल श्याम उपलब्ध रहने छैन् । दुवै टिम प्रतियोगिताको पहिलो खेलमा जित निकाल्ने दाउमा रहेने छन ।

यी दुई टिम बिचको खेल नेपाली समय अनुसार ७:४५ बाट सुरु हुनेछ ।

मुम्बईको सम्भावित प्लेइङ्ग-११
क्विन्टन डि कक, रोहित शर्मा (कप्तान), सूर्यकुमार यादव, ईशान किशन, हार्दिक पांड्या, काइरन पोलार्ड, कृणाल पांड्या, पियुष चावला र जयंत यादव, राहुल चहार, ट्रेंट बोल्ट, जसप्रीत बुमराह

बेङ्गलोरको सम्भावित प्लेइङ्ग-११
देवदत्त पादक्कल, विराट कोहली (कप्तान), ग्लेन मैक्सवेल, एबी डिविलियर्स, मोहम्मद अजहरुद्दीन रजत पाटीदार, डेनियल क्रिश्चियन, वाशिंगटन सुन्दर, काइल जैमीसन, नवदीप सैनी, मोहम्मद सिराज, युजवेंद्र चहल।

वि.सं.२०७७ चैत २७ शुक्रवार १०:२५ मा प्रकाशित