back
CTIZAN AD

हुम्ला अध्यक्षमा रावत विजयी

वि.सं.२०७७ चैत २७ शुक्रवार

720 

shares

२७ चैत, काठमाडौँ । नेपाल पत्रकार महासङ्घ हुम्ला जिल्ला शाखाको अध्यक्षमा राजन रावत विजयी भएका छन् । बुधबार भएको निर्वाचनबाट रावत निर्वाचित भएका हुन् । बिहीबार भएको मतगणनामा रावतले कूल खसेको २९ मतमध्ये २० मत पाएका थिएभने उनका प्रतिद्धन्द्धी अर्जुन बोहराले नौ मत प्राप्त गरेको महासङ्घ जिल्ला निर्वाचन समितिका संयोजक हरिबहादुर रावतले बताए ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा राजबहादुर शाही, सचिवमा नन्द सिंह, कोषाध्यक्षमा सुरेश परियार, दलित सदस्यमा दलसरा परियार विजयी भए । महिला उपाध्यक्षमा कुसुम बुढा यसअघि नै निर्विरोध निर्वाचित भएको थिइन । त्यसैगरी सहसचिवमा छपाल लामा र अशोक भण्डारी पनि निर्विरोध चयन भएका थिए । सदस्यमा बेलुमाया महतारा, भक्तराज ऐडी, लोग भण्डारी, दाने बोहरा, पदमराज हमाल चयन भएका छन् । उनीहरु पनि निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचनमा प्रेस युनियन र प्रेस चौतारी ओली पक्ष० बीच सहकार्य भएको हो । त्यस्तै केन्द्रीय परिषद् सदस्यमा जनक शाही र नवराज महतारा तथा प्रदेश परिषद् सदस्यमा कालीबहादुर थापा पनि निर्विरोध चयन भएका थिए । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखामा ३३ पत्रकार आबद्ध भए पनि २९ जनाले मतदान गरेका थिए । रासस

वि.सं.२०७७ चैत २७ शुक्रवार १०:४७ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...