
२७ चैत्र, काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा पठाएको छ।
कम्पनीले पुस २६ गते सम्पन्न १७ औँ वार्षिक साधारण सभाले पारित गरेको ५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको खातामा जम्मा गरेको हो। कम्पनीले पुस १५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको खातामा सो शेयर पठाएको हो।
तर, कम्पनीले अहिलेसम्म पनि डिम्याट नगरेकालाई तत्काल सेयर डिम्याट गर्न अनुरोध गरेको छ । बरुणको गत पुस २६ गते सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट ५% बोनस र कर प्रयोजनको लागि ०.२६५ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीको शेयर रजिष्ट्रार आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।