back
CTIZAN AD

शनिबारदेखि काठमाडौँ फन पार्क सञ्चालन

वि.सं.२०७७ चैत २७ शुक्रवार

681 

shares

२७ चैत्र, भक्तपुर । आन्तरिक पर्यटनको विकास एवं मनोरञ्जनका लागि भक्तपुरको पलासेमा ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा आउने भएको छ ।

रु ११ करोडको लागतमा नयाँ व्यवस्थापन र नयाँ स्वरुपमा ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा ल्याउन लागेको काठमाडौँ फन भ्यालीका प्रबन्ध निर्देशक सुजन थापाले आज सञ्चारकर्मीलाई जानकारी दिए । डेढ वर्षदेखि बन्द रहेको देशकै पहिलो फन पार्कमा ३० जना स्थानीयलाई प्रत्यक्ष्य रोजगारी दिँदै नयाँ वर्ष २०७८ को अवसर पारेर शनिबार उद्घाटन गरी सञ्चालनमा ल्याउने भएको हो ।

कर्णालीको वेषभूषा, रहनसहन, खानपान, सांस्कृतिक पर्व एवं परम्परा, यहाँ प्रयोग भएका धेरै वर्ष अगाडिका सामग्री कर्णाली म्युजियममा राखिएको प्रबन्ध निर्देशक थापाले जानकारी दिए। एकै ठाउँमा घुम्न र रमाइलो गर्न जाने सुरक्षित ठाउँको अभाव भइरहेको बेलामा आन्तरिक पर्यटनको विकास गर्ने लक्ष्यसाथ बालबालिकादेखि, विद्यार्थी, युवायुवती र पारिवारिक सदस्यले एकै ठाउँमा मनोरञ्जन लिनसक्ने गरी यो पार्क सञ्चालनमा आउन लागेको हो ।

काठमाडौँको कोटेश्वर–सूर्यविनायक छ लेन सडकको अन्तिम बिन्दु सूर्यविनायक चोकबाट चार किलोमिटर पूर्वस्थित अरनिको राजमार्गसँगै पलासेमा सञ्चालित फनपार्कले जल र स्थल गरी ११ वटा विभिन्न खेल खेल्न पाउने र उमेरअनुसारको तीन वटा पौडी पोखरीको व्यवस्था गरिएको छ । मुम्बईको ‘वाटर किंगडम’ मा लाग्ने भीड देखेर नेपालमै पहिलोपल्ट त्यस्तै फनपार्क सञ्चालनमा ल्याउने उद्देश्यअनुरुप ५६ रोपनी क्षेत्रफलमा एकै दिनमा करिब तीन हजारले रमाउन सक्ने गरी पार्क सञ्चालनको व्यबस्था गरिएको छ ।

पार्कमा १२ वटा ‘गेमिङ जोन’ र चारवटा ‘वाटर जोन’ छन्, । पार्कमा रोटेपिङ शैलीको हेलिकप्टर, ४० फिट उचाइको ह्वील चेयर ट्रेन, वेभ पुल, ४० फिट उचाइबाट १५० देखि २०० फिटसम्म स्लाइडिङ गर्न मिल्ने पुल छ । त्यस्तै अक्वा डान्स, वेभ पुल, स्लाइडिङ, टिप्स पुलको मज्जा लिन सकिन्छ । त्यस्तै बालबालिकाले ट्रेन, स्मल बन्जी, समुद्रमा मात्र देख्न पाइने समुद्री छालमा रमाउन सकिने गरी विभिन्न खेलको आनन्द लिन सक्छन् । हरेक दिन बिहान १० देखि ५ बजेसम्म पार्क सञ्चालन हुनेछ । कोरोना सङ्क्रमणलाई ध्यान दिई स्वास्थ्य मापदण्डको व्यवस्था, गुणस्तरीय उपकरण राखिएको छ ।

वि.सं.२०७७ चैत २७ शुक्रवार ११:५६ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...

करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ

करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ

काठमाडौँ । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त...