back
CTIZAN AD

एक दिनको बाटो तीन घण्टामा छोटियो

वि.सं.२०७७ चैत २७ शुक्रवार

672 

shares

२७ चैत, म्याग्दी । धवलागिरि गाउँपालिका–५ मल्कवाङका हरि छन्त्याल घरबाट हिँडेको तीन घण्टामै बेनी आइपुग्छन् । गाडी चढेर मल्कवाङबाट हिँडेको तीन घण्टामै बेनी आउन पाएकामा छन्त्याल दङ्ग परे। “यसअघि बिहानै हिँडेर साँझमा घर पुगिन्थ्यो”, उनले भने, “गाउँमा सडक पुगेकाले छिटो र सजिलो भएको छ ।”

धवलागिरि–४ मुदीका विजय घर्तीमगरले दुई हजार लिटर भिरमह गाउँबाट सिधै पोखरा पुर्याएर बचे। “जडीबुटी र मह ढुवानी गर्न व्यापारीले हेलिकोप्टर चार्टर्ड गर्थे”, उनले भने, “सडक आएपछि गाडीमा सस्तो र सजिलै बजारमा मह लैजान पाइयो ।”

भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मुदी र मल्कवाङ सडक सञ्जालमा जोडिएपछि स्थानीयवासीलाई आवतजावत, ढुवानी र गाउँका जडीबुटी, कृषि उपज र खसीबोका निकासी गर्न सहज भएको छ । यसअघि सडक र यातायात सुविधा नहुँदा घोडा, खच्चर र भरियाबाट दैनिक उपभोग्य सामान ढुवानी गर्दा महङ्गो पथ्र्यो । सडक निर्माण भएपछि डेढ घण्टाको बाटो २० मिनेटमा छोटिएको मुदीका धनबहादुर घर्तीमगरले बताए ।

फलियागाउँबाट दर हुँदै मुदी र मराङको बेँशीबाट आरवाङ हुँदै मल्कवाङ जोड्ने सडकमा जीप, ट्रयाक्टर र मोटरसाइकल चल्न थालेका छन् । विसं २०७३ मा शुरु भएको छ किलोमिटर दूरीको मुना–मुदी सडक निर्माणमा तत्कालीन जिविस र गाउँपालिकामार्फत रु तीन करोडभन्दा बढी लगानी भएको छ । “अक्करे र जोखिमयुक्त सिम्वाङको भिरलगायतका ठाउँमा पहाड फुटाएर बस चल्ने सडक बनाएका छौँ”, धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले भने, “मुदी, खिवाङ, नेरवाङ, नाउरा, बगर, चेचुङ, सिम्कोसका करिब एक हजार घरधुरी लाभान्वित भएका छन् ।”

प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयले रु एक करोड ५२ लाखको लागतमा मराङको बेँशीबाट आरवाङ–हाङवाङ हुँदै मल्कवाङ जोड्ने ११ किलोमिटर सडक निर्माण गरेको हो । मल्कवाङ, मलम्पार, भेडिखाल्टाका साथै छिमेकी रघुगङ्गा गाउँपालिकाको कुइनेखानीका करिब ५०० घरधुरी लाभान्वित भएका वडाध्यक्ष खर्ककुमारी छन्त्यालले बताइन् । “यस सडकले मराङको आरवाङ, रिखा, घण्टीवाङ, हाङवाङका डेढ सय घरधुरीलाई पनि सुविधा पुगेको छ”, उनले भने, “बेँशीबाट पैदलयात्रा गरेर मल्कवाङ पुग्न दुई घण्टा लाग्दथ्यो । गाडीबाट ३० मिनेटमै पुगिन्छ ।”

सात वटा वडा रहेको धवलागिरिको गुर्जाबाहेक छवटा वडामा सडक सञ्जाल पुगेको छ । प्रदेश सरकारमार्फत म्याग्दीखोला र मराङखोलामा मोटरेबल पुल निर्माण शुरु भएको छ । गाउँपालिकाले अस्थायी पुल बनाएको दाङखोलामा पक्की पुल बनाउन ठेक्का लागेको छ ।

मुदी जोड्ने सडकको दरखोलामा पनि मोटरेबल पुल निर्माणका लागि यस वर्ष सङ्घ सरकारबाट बजेट विनियोजन भएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए। “गुर्जामा आन्तरिक सडक खन्ने र अन्य वडा तथा बस्तीमा खनिएका सडक स्तरोन्नतिमा प्राथमिकता दिएका छौँ”, उनले भने, “बाह्रै महिना यातायात सञ्चालनको व्यवस्था मिलाउन मोटरेबल पुल निर्माण पनि अघि बढेको छ ।”
रासस

वि.सं.२०७७ चैत २७ शुक्रवार ११:३५ मा प्रकाशित

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...