
२७ चैत, काठमाडौं । भारतमा कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको छ । यसलै दैनिक नयाँ रेर्कड कायम राख्दै गइरहेको छ ।
बुधबार १ लाख २६ हजार २७६ संक्रमित भएकोमा विहीबार ६ हजारले बढेर एकैदिन १ लाख ३१ हजार ८७८ जनामा संक्रमित थपिएका हुन् ।
त्यस्तै विहीबार ८०२ जनाको निधन भएको छ भने ६१ हजार ६२९ जना निको भएका हुन् ।
भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा विहिवार ५६ हजार २८६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यहाँ २४ घण्टामा ३७६ जनाको निधन भएको छ भने सक्रमित मध्ये ३६ हजार १३० जना निको भएका छन् ।
महाराष्ट्रमा कोरोना संक्रमित हुनेको संख्या ३२ लाख २९ हजार रहेको छ भने २६ लाख ४९ हजार निको भइसकेका छन् । महाराष्ट्रमा ५७ हजार २८ जनाको निधन भएको छ । ५ लाख २१ हजारको उपचार भइरहेको पनि भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
दिल्लीमा पछिल्लो २४ घण्टामका ७ हजार ४३७ जना संक्रमित थपिएका छन् । त्यहाँ ४२ जनाको निधन भएको छ । दिल्लीमा २३ हजार १८१ जना सक्रिय संक्रमित रहेका छन् ।
भारतमा कोरोना संक्रमणको नयाँ रेर्कड, २४ घण्टामा थपिए १ लाख २६ हजार संक्रमित, ६८४ जनाको निधन