back

पहिलो खेलमा चेन्नाई ७ विकेटले पराजित, शिखर धवनले बनाए नयाँ कीर्तिमान

वि.सं.२०७७ चैत २९ आइतवार

339 

shares
GLOBAL IME AD
NTC AD

२९ चैत, काठमाडौँ । चेन्नाई सुपर किंग्स २०२१ को आईपिएलको आफ्नो पहिलो खेलमा दिल्ली क्यापिट्ल्ससँग ७ विकेटले पराजित भएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएका थियो । चेन्नाईका लागि सुरेश रैनाले सर्वाधिक ५४ रन बनाएका थिए । त्यसैगरी मोइन अलिले ३६ र श्याम करणले ३४ रनको विस्फोटक पारी खेलेका थिए । दिल्लीका लागि बलिङ्गमा भने क्रिस वोक्स र आवेश खानले सर्वाधिक २/२ विकेट हात पारेका थिए ।

चेन्नाईले दिएको १८९ रनको विशाल लक्ष्य दिल्लीले १८.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । दिल्लीका लागि ओपनर शिखर धवन र पृथ्वी शहले पहिलो विकेटका लागि १३८ रनको साझेदारी निभाएका थिए । पृथ्वी शह ३८ बल खेल्दैँ ७२ रन बनाएर आउट भएका थिए भने शिखर धवन ५४ बलमा ८५ रन बनाएर आउट भएका थिए । त्यसपछि ब्याटिङ्ग गर्न आएका रिषभ पंतले १५ र मार्कश स्टोइनिसले १४ रन बनाउदैँ टिमलाई जित दिलाएका थिए । चेन्नाईका लागि बलिङ्गमा भने शादुर्ल ठाकुरले सर्वाधिक २ विकेट लिएका थिए । जितसँगै दिल्लीले पहिलो खेलबाट २ अकं जोडेको छ ।

यस खेलमा शिखर धवनले मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा र सनराईजर्स हैदरावादका कप्तान डेविड वार्नरलाई पछि पादैँ आईपिएलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा तेस्रो स्थानमा उक्लिएका छन । शिखर धवनले आईपिएलमा ५२८२ रन बनाएका छन ।

वि.सं.२०७७ चैत २९ आइतवार १०:१६ मा प्रकाशित

यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा

यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा

काठमाडौं । यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा...

सन्दीप लामिछाने क्रिकेटबाट सन्यास लिने विचारमा

सन्दीप लामिछाने क्रिकेटबाट सन्यास लिने विचारमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विश्वचर्चित लेग स्पिनर सन्दीप...

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो...

टाइगर कप भलिबल माघ दोस्रो सातादेखि

टाइगर कप भलिबल माघ दोस्रो सातादेखि

काठमाडौँ । ‘टाइगर गु्रप अफ पोखरा नेपाल’को आयोजनामा पाँचौँ संस्करणको...

विश्वकप खेल्ने महिला यू–१९ क्रिकेट टोलीलाई बिदाइ

विश्वकप खेल्ने महिला यू–१९ क्रिकेट टोलीलाई बिदाइ

काठमाडौँ । मलेसियामा हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकप खेल्न...

प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित

प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित

बैतडी । बैतडीमा जारी प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय...