back
CTIZAN AD

सुरेश रैनाले गरे रोहित र विराटको कीर्तिमानसँग बराबरी

वि.सं.२०७७ चैत २९ आइतवार

660 

shares

२९ चैत, काठमाडौँ । चेन्नाई सुपर किंग्सका विस्फोटक ब्याट्सम्यान सुरेश रैनाले मुम्बईका कप्तान रोहित शर्मा र बेङ्गलोरका कप्तान विराटको कोहलीको कीर्तिमानसँग बराबरी गरेका छन ।

२०२१ को आईपिएलको आफ्नो पहिलो खेलमा चेन्नाई सुपर किंग्स दिल्ली क्यापिट्ल्सँग ७ विकेटले पराजित भएपनि सुरेश रैना भने उत्कृष्ट ब्याटिङ्ग गरेका थिए । उनी ३६ बलमा ५४ रनको विस्फोटक अर्धसतकीय पारी खेलेर रनआउट हुन पुगेका थिए । त्यसक्रममा उनले ३ छक्का र ४ चौका प्रहार गरेको थिए ।

रैनाको आईपिएलमा यो ३९ औँ अर्धसतक थियो । उनले १९४ आईपिएल खेल आफ्नो ३९ औँ अर्धसतक प्रहार गरेका हुन । योसँगै उनले आईपिएलमा सर्वाधिक अर्धसतक बनाउने खेलाडीमा रोहित र विराटको कीर्तिमानसँग बराबरी गरेका छन । मुम्बईका कप्तान रोहित शर्मा र बेङ्गलोरका कप्तान विराट कोहलीले समान ३९ अर्धसतक बनाएका छन । राेहितले २०१ खेल खेलेका छन भने विराटले १९३ खेलेका छन । अब आईपिएलमा राेहित, विराट र रैनाकाे नाममा समान ३९ अर्धशतक भएको छ ।

सर्वाधिक अर्धसतक बनाउने खेलाडीको सूचिमा पहिलो र दोस्रो स्थानमा रहेका डेविड वार्नर र शिखर धवनको नाममा समान ४२ अर्धसतक रहेको छ ।

वि.सं.२०७७ चैत २९ आइतवार १६:३३ मा प्रकाशित